१० कार्तिक २०८३, मङ्गलबार

विविध

पत्रकारितामा देखिएका विकृति सुधार गर्छु : अध्यक्ष आचार्य

चितवन । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा देखिएका विकृति र विसंगति सुधार्नकै लागि आफू काउन्सिलको नेतृत्वमा आएको स्पष्ट पार्नुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा आइतबार चितवनमा आयोजित पत्रकार आचारसंहिता जागरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउन काउन्सिलले ठोस कदम चाल्ने बताउनुभयो । आचार्यले नागरिक सरकारको […]

पूरा पढ्नुहोस्

घरवहाल कर घरवेटीले नै तिर्ने हो : नगर प्रमुख महतो

चितवन । नेपाल घरवहाल उपभोक्ता मञ्च चितवनको आ.व. २०८२/८४ को लागि दुई वर्षे कार्ययोजना गोष्ठी माडीमा सुरु भएको छ । मञ्चका अध्यक्ष विक्रम सापकोटाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले घरवहाल कर आम्दानी गर्ने (घरबेटी) ले नै तिर्नुपर्ने […]

पूरा पढ्नुहोस्

आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी […]

पूरा पढ्नुहोस्

तुइन खोलामा फेरि खस्यो पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

आनन्द पोखरेल चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित तुइन खोलामा मङ्गलबार अपराह्न पहिरो खस्दा नारायणघाट–मुग्लिन सडक खण्ड पूर्णरुपमा अवरुद्ध बनेको छ । मङ्गलबार दिउँसो १ बजेदेखि नै स–सानो पहिरोका खस्दा अवरुद्ध बनेको यो सडक खण्ड अपराह्न ५ बजेको समयमा झनै ठूलो पहिरो खसेपछि पूर्णरुपमा नै अवरुद्ध बनेको हो । माथि पहाडबाट निरन्तररुपमा सुख्खा पहिरो झरिरहेका […]

पूरा पढ्नुहोस्

दुई लाख २१ हजार ७०० पुग्यो प्रतितोला सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज […]

पूरा पढ्नुहोस्

मनसुनको सक्रिय हुँदा धेरै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनको सक्रियता बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको तथा अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । यसै बीच बागमती र लुम्बिनी प्रदेश लगायत देशका […]

पूरा पढ्नुहोस्

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष)

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो […]

पूरा पढ्नुहोस्

यस्ता छन् चन्द्रग्रहणमा राशिअनुसारको प्रभाव र गर्न नहुने काम

नवलपुर । आज राति खग्रास चन्द्रगहण लाग्दैछ । ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएका व्यक्तिलाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । ताजा सूचनाका लागि हामीलाई Viber मा पछ्याउनुहोस् […]

पूरा पढ्नुहोस्

बच्चालाई डाइपर लगाउने उमेर कहिलेसम्म ?

चितवन । आजकल साना बच्चाहरूका लागि प्रयोग गरिने डाइपर धेरै अभिभावकका लागि सुविधा बनेको छ। यसले बच्चालाई बाहिर लैजाँदा पिसाब वा दिसा गरेर लुगा फोहोर हुने चिन्ता हटाएको छ। तर यही सुविधा कहिलेसम्म उपयुक्त हो भन्ने विषयमा अझै धेरै अभिभावक अनभिज्ञ छन्। धेरै अभिभावकले आफ्ना बच्चालाई ३–४ वर्ष वा सोभन्दा बढी उमेरसम्म पनि डाइपर लगाइरहेका छन्। […]

पूरा पढ्नुहोस्

कैलालीको जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

कैलाली । कैलालीको लम्कीमा रहेको जुत्ताचप्पल गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएकोे छ । आज बिहान २ः४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ । आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको […]

पूरा पढ्नुहोस्