बागमती प्रदेश
नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक
चितवन । चितवनको नारायणघाटमा टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरिएको छ । नेपालका लागि टिभीएस सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स र मालाश्री अटो मोबाइल्सले आज दिउँसो नारायणघाटमा विद्युतीय तीन पाङ्ग्रे सवारीसाधन टिभीएस किङ्ग्स इभी म्याक्स सार्वजनिक गरेको हो । कम्पनीले यसलाई ‘अधिक कमाइ, अब्बल रोजाइ’ भन्ने नाराका साथ सार्वजनिक गरेको मालाश्री अटो मोबाइल्सका सञ्चालक भीमसेन […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा: बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय […]
पूरा पढ्नुहोस्
मकवानपुरमा दश महिनामा करिब छ अर्ब राजस्व सङ्कलन
बागमती । आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा करिब रु छ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएकाले आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु ३४ करोड २१ लाख २४ हजार बढीअर्थात् रु पाँच अर्ब ९२ करोड ६४ लाख […]
पूरा पढ्नुहोस्
नेपालमा अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि […]
पूरा पढ्नुहोस्
सामूहिक रुपमा कोटिहोम महायज्ञ पुग्दै भक्तजन
चितवन । चितवनको भरतपुर-१ स्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनहरु सामूहिक रुपमा गाडी नै रिजर्भ गरेर पुग्न थालेका छन् । विभिन्न टोल विकास संस्था, आमा समूह र धार्मिक संघसंस्थामा आबद्ध भक्तजनले गाडी रिजर्भ गरेर सामूहिक रुपमा महायज्ञको दर्शन गर्न थालेका छन् । महायज्ञको दर्शन गर्न पुगेका भक्तजनले आर्थिक तथा चरु […]
पूरा पढ्नुहोस्
मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले आइतबार बिहान मदन–आश्रित दुर्घटनास्थल दासढुंगा पुगी नेता द्वयप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । जिल्ला पार्टी कार्यालय भरतपुरबाट मोटरसाइकल ¥यालीसहित दुर्घटनास्थल दासढुङ्गा पुगेका एमालेका नेता तथा कार्यकर्ताले नेता द्वयको शालिकमा माल्याणर्पण गरी दिवंगत नेताद्वयले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय […]
पूरा पढ्नुहोस्
आज ३३ औँ मदन–आश्रित स्मृति दिवस
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, […]
पूरा पढ्नुहोस्
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसः ‘डिजिटल’ पहुँच विस्तारमा जोड
काठमाडौँ । आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘इन्टरनेट’ तथा सूचना–सञ्चार प्रविधि (आइसिटी) को प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे चेतना अभिवृद्धि गर्ने तथा डिजिटल विभाजन कम गर्ने उद्देश्यले हरेक वर्ष मे १७ मा यो दिवस मनाउने गरिन्छ । ‘डिजिटल विभाजन’ भन्नाले सूचना […]
पूरा पढ्नुहोस्
पश्चिमी वायुको प्रभावः कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ […]
पूरा पढ्नुहोस्



