१० कार्तिक २०८३, मङ्गलबार

बागमती प्रदेश

चितवनमा छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन् । कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा […]

पूरा पढ्नुहोस्

चितवनका १३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन ।  चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो । जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन् । एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो […]

पूरा पढ्नुहोस्

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

चितवन । समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन बाँकी छ । पछिल्लो समय डिडिसीबाट हुने भुक्तानीमा केही सुधार देखिए […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री वालेनको पोस्टपछि याक चिजको क्रेज बढ्यो, भरतपुरमा बिक्री सुरु

चितवन । चितवनको बजारमा समेत याक चिज उपलब्ध गराइएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले भरतपुर–१० दूरसञ्चार रोडमा सञ्चालन गरेको डेरी मार्टमा याक चिज बिक्रीका लागि राखिएको जनाएको छ । प्रधानमन्त्रीको पोस्टपछि उपभोक्तामाझ याक चिजप्रति आकर्षण बढेको र माग उच्च भएपछि चितवनमा आपूर्ति सुरु गरिएको डीडीसीका जनरल म्यानेजर डा. शरणकुमार पाण्डे ले […]

पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार नाम्सिखोलाको दुवै तर्फको भित्तोमा पहिरो रोकथामको […]

पूरा पढ्नुहोस्

भरतपुर १२ का वडाध्यक्षद्वारा असहाय परिवारको व्यवस्थापन

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले वडामा घरवारविहीन अवस्थामा रहेका दुई परिवारलाई वडा नम्बर १२ को कालिका टोलमा रहेको शब्द चिन्तन संघको परिसरमा घर निर्माण गरि व्यवस्थापन गर्नुभएको छ । दुई परिवारलाई वडावासीको भव्य सहभागितामा एक समारोहकाबीच बाजागाजा तथा भजनकीर्तन सहित गृह प्रवेश गराइएको छ । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

कोटिहोम महायज्ञमा रमणानन्द गिरीद्वारा ५२ हजार दान

चितवन । तनहुँको देवघाटस्थित महेश संन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरी महाराजले भरतपुर–१ वागीश्वरीमा जारी कोटिहोम महायज्ञको दर्शन गर्नुभएको छ । उहाँले सोमबार महायज्ञको दर्शन गर्नुका साथै महायज्ञमा ५२ हजार ६०० रुपैयाँ दान गर्नुभयो । उहाँले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ प्रदान गर्दै महायज्ञ आयोजकले दिएको दक्षिणासमेत महायज्ञमा नै दान गर्नुभएको थियो […]

पूरा पढ्नुहोस्

रोकिएन जङ्गली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा गम्भीर बिरामी परेका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया नमूना चेपाङ, ११ वर्षीय सञ्जय चेपाङ र १३ वर्षीया मनिता चेपाङ छन् । उनीहरू एउटै परिवारका सदस्य हुन् । राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङका प्रधानाध्यापक लोकबहादुर मगरका अनुसार नमूनाको यही जेठ १ गते […]

पूरा पढ्नुहोस्

चितवनको भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

चितवन । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो अत्यधिक बढेको छ । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि सोमबार जाँचका लागि बहिरङ्ग (ओपिडी) मा टिकट काट्ने लाइनमा सेवाग्राहीको घुइँचो बढेको हो । सोमबार मात्रै बिमा र गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएका अस्पतालका जनस्वास्थ्य अधिकृत […]

पूरा पढ्नुहोस्

आजको मौसमः केही स्थानमा हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया […]

पूरा पढ्नुहोस्