बागमती प्रदेश
भरतपुरमा कानको लोती छिनाएर महिलाको गहना लुटपाट
चितवन । चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको भएका छन् । स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति मध्यराति अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर घरभित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिटसमेत […]
पूरा पढ्नुहोस्
चितवनको एसइई नतिजाप्रति असन्तुष्टि
चितवन । विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ, चितवनको आयोजनामा ‘विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी प्रधानाध्यापकसँग अन्तक्र्रिया तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) समीक्षा’ कार्यक्रममा […]
पूरा पढ्नुहोस्
‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताउनुभएको छ । फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले […]
पूरा पढ्नुहोस्
अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र […]
पूरा पढ्नुहोस्
वागीश्वरीको कोटिहोम महायज्ञमा भजनकीर्तन
चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा विभिन्न समूहरुले भजनकीर्तन गर्दै आएका छन् । बिहीबार दमौलीबाट आएको व्यास ज्योती भजन किर्तन समूहले भजन किर्तन गरेको थियो । त्यस्तै, बुटवलबाट आएकी बालिका दीक्षा भण्डारीले प्रवचन गरिन् भने भरतपुर–२ निवासी महेश पोदारले नगद २१ हजार १११ र भरतपुर–११ विशालचोक निवासी रनमाया क्षेत्रीले […]
पूरा पढ्नुहोस्
मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
काठमाडौँ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार […]
पूरा पढ्नुहोस्
चितवनमा मह उत्पादनमा कमी
चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा […]
पूरा पढ्नुहोस्
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरद्वारा ‘काउ लिफ्ट’ मेसिन वितरण
चितवन । भरतपुर महानगरपालिकाको पशुपन्छी विकास शाखाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घको अनुरोधमा बसेर उठ्न नसक्ने गाईलाई सुरक्षित रूपमा उठाउन प्रयोग गरिने उपकरण (काउ लिफ्ट) हस्तान्तरण गरेको छ । प्रतिगोटा रु ६४ हजार मूल्यपर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी […]
पूरा पढ्नुहोस्
अमेरिकाद्वारा स्कटल्याण्ड पराजित
काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको हो । जितका लागि स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । अमेरिकाका लागि ओपनर स्मित पटेल र […]
पूरा पढ्नुहोस्



