बागमती प्रदेश
कोटिहोम महायज्ञमा भजन प्रतियोगिता पनि हुँदै
चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भजन प्रतियोगिता पनि हुने भएको छ । यहि जेठ १६ गतेदेखि ३० गतेसम्म भजन प्रतियोगिता गर्ने निर्णय भएको महायज्ञका संयोजक एवम् मुख्यकर्ता प्रेमनीधि भारद्वाजले जानकारी दिए । त्यस्तै, नौ वर्षमुनिका एक हजार आठ बालिकाको सामुहिक पुजन आगामी असार ६ गते र पाँचसरे सवा […]
पूरा पढ्नुहोस्
आँखा अस्पताललाई भरतपुर अस्पतालको पत्र: जग्गा र भवन खाली गर्नू
चितवन । चितवनको भरतपुरमा रहेको सङ्घीय स्तरको भरतपुर अस्पतालले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई आफ्नो जग्गा, भवन तथा संरचना ३५ दिनभित्र खाली गर्न पत्राचार गरेको छ। अस्पतालले जेठ ७ गते पत्राचार गर्दै सो म्यादभित्र संरचना खाली गर्न भनेको हो। भरतपुर अस्पतालका अनुसार सो संरचना सरकारी स्वामित्वको जग्गामा निर्माण भएकाले खाली गर्न आग्रह गरिएको […]
पूरा पढ्नुहोस्
बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग
चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्पर्धा गरेर नेपालमा औषधि उपलब्ध गराउने भन्दै आयातमा कडाइ गर्न आग्रह गरेका हुन् । नेपालमा आत्मनिर्भर रहेका औषधिको कच्चा पदार्थ मात्रै आयात गर्ने नीति सरकारले लिनुपर्नेमा उनीहरुको जोड छ । नेपालमा १०० हाराहारी औषधि […]
पूरा पढ्नुहोस्
शून्य सहनशीलता कायम गर्दै काम गर्छुः प्रहरी प्रमुख पौडेल
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जिल्लामा काम गर्ने क्रममा शून्य सहनशीलता कायम गर्दै काम गर्ने बताउनुभएको छ । जेठ ६ गतेबाट जिल्लाको प्रहरी प्रमुखको नेतृत्व सम्हानुभएका पौडेलले सोमबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै गर्दै कानुनी सर्वोच्चता कायम गर्दै काम गर्ने बताउनुभयो । अपराधको रोकथाम र नियन्त्रण, अपराधको अनुसन्धान, शान्ति सुरक्षा […]
पूरा पढ्नुहोस्
नेपाली क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२६ का लागि ३८ पुरुष तथा २५ महिला क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिअनुसार खेलाडीको खेल प्रदर्शन र योगदानका आधारमा उनीहरुलाई विभिन्न श्रेणीमा विभाजन गरिएको हो । पुरुषतर्फको ‘ए’ प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी तथा सन्दीप लामिछाने परेका […]
पूरा पढ्नुहोस्
किसानलाई दूधको दैनिक एक करोड भुक्तानी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक रु एक करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब रु ५८ करोड बक्यौता दायित्वमध्ये हाल रु १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ […]
पूरा पढ्नुहोस्
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
नारायण अधिकारी चितवन । ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ)विशेषज्ञहरुले बताउनुभएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत […]
पूरा पढ्नुहोस्
जोखिमयुक्त क्षेत्रमा ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान
चितवन । चितवनका मुख्य सडकका जोखिमयुक्त चोक तथा क्षेत्रमा सडक सुरक्षा बढाउन ‘रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट’ जडान गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर, टाँडी, पर्सा बजारलगायतका स्थानमा सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि रेट्रोरिफ्लेक्टिभ स्प्रिङ पोस्ट जडान गरिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार भरतपुर बाइपास रोडस्थित मालपोत चोक तथा प्रहरी […]
पूरा पढ्नुहोस्
कृषि विश्वविद्यालयमा नयाँ पदाधिकारी
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रजिष्टारमा प्राडा सुविरसिंह नियुक्त हुनुभएको छ । उपकुलपति प्राडा होमबहादुर बस्नेतको सिफारिसमा प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले रिक्त रहेको रजिष्टार पदमा नियुक्त गर्नु भएको हो । यसअघि प्रधानमन्त्री शाहले बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । उपकुलपति बस्नेतले तीन सङ्कायका डिन र निर्देशकसमेत नियुक्त गर्नुभएको […]
पूरा पढ्नुहोस्
महिनादिन पुग्नै लाग्दा कोटिहोम महायज्ञमा भक्तजनको घुइँचो
चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा भक्तजनको संख्या बढ्दै गएको छ । महायज्ञ सुरु भएको महिनादिन पुग्नै लाग्दा महायज्ञको दर्शन गर्न पुग्ने भक्तजनको सहभागीता बढेको हो । राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार गत वैशाख १७ गतेदेखि महायज्ञ सुरु भएको हो । भक्तजनको सहभागीता बढ्दै जाँदा पण्डाल भरिन थालेको महायज्ञका संयोजक […]
पूरा पढ्नुहोस्



