बागमती प्रदेश
कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
चितवन । यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै १५ दिनमा १५ वटा काम गरेको छ । विगतमा राजनीति खिचातानी र भागबण्डाका कारण विभिन्न नाममा हुने विवादले यहाँ कार्यसम्पादनमा समस्या हुने गरेको थियो । वर्तमान सरकार बनेपछि उपकुलपतिमा प्रा डा होमबहादुर बस्नेतलाई अर्काे व्यवस्था नहुञ्जेलका लागि जिम्मेवारी दिएपछि कामले गतिलिएको हो । प्रा […]
पूरा पढ्नुहोस्
विश्व साइकल दिवसमा भरतपुरमा बृहत् साइकल र्याली हुँदै
चितवन । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसरमा पारी चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा आगामी बुधबार (जेठ २० गते) बृहत् साइकल र्यालीको आयोजना गरिँदै छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवर्द्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुने उक्त र्यालीमा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न […]
पूरा पढ्नुहोस्
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित […]
पूरा पढ्नुहोस्
बजेट मार्फत सरकारले यी वस्तुमा बढायो अन्तःशुल्क
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको […]
पूरा पढ्नुहोस्
आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो […]
पूरा पढ्नुहोस्
गर्मी बढेसँगै मोहीको माग बढ्दो
चितवन । गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउनुहुन्छ । उहाँले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै […]
पूरा पढ्नुहोस्
बजेटः आयकर छुटको सीमा रु १० लाख
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि रु १० लाखको सीमा तोक्नुभएको छ । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो । संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तारमार्फत समग्र अर्थतन्त्रलाई […]
पूरा पढ्नुहोस्
नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी
चितवन । जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो । उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर […]
पूरा पढ्नुहोस्
आज मनाइँदै बकर इद (इदुल जोहा)
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको […]
पूरा पढ्नुहोस्



