बागमती प्रदेश
एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन
चितवन । गत आर्थिक वर्षमा भन्दा चालु आवमा रु एक अर्ब ४७ करोड १८ लाख बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको चैत मसान्तसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलन बढाएको हो । कार्यालयका अनुसार चैतसम्ममा रु १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ । […]
पूरा पढ्नुहोस्
ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्
चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले […]
पूरा पढ्नुहोस्
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
चितवन । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । “कार्यालयले रु तीन करोड ७० […]
पूरा पढ्नुहोस्
रोयल इन्फिल्डको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’सार्वजनिक
चितवन । रोयल इन्फिल्डले चितवनको भरतपुरसहित देशभरी आफ्नो लोकप्रिय क्लासिक ३५० मोटरसाइकलको नयाँ भेरियन्ट ‘गोवन क्लासिक ३५०’ सार्वजनिक गरेको छ । चितवनको भरतपुरमा यसको आधिकारिक वितरण सन अटोमोबाइल्स प्रालि ले गरेको हो । बुधबार भरतपुरमा आयोजित भव्य समारोहका बीच सन अटोमोबाइल्सका सञ्चालक गोविन्द श्रेष्ठ, चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल एशोसिएनका अध्यष […]
पूरा पढ्नुहोस्
चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन
काठमाडौँ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्चित भएको स्तनपान एवं शिशु हेरचाहकक्ष सञ्चालन आवश्यकताअनुसार स्तरोन्नति, बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि प्राथमिक हेरचाहकक्ष सञ्चालन गर्न पनि निर्देशन दिएको छ […]
पूरा पढ्नुहोस्
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म मनाइँदै
काठमाडौँ । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८२’ सार्वजनिक गरेको छ । कार्यालयमा दर्ता भएका फाइल, सुरुवात भएका टिप्पणीलगायतका फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा […]
पूरा पढ्नुहोस्
चितवन निकुञ्जमा सेनाको गोलीबाट गैँडाको मृत्यु
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोलीबाट एउटा वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गण अन्तर्गत सेहरी सुरक्षा पोष्टबाट निकुञ्जको कोर क्षेत्रमा परिचालित […]
पूरा पढ्नुहोस्
चितवनका ७२ जनामा क्षयरोग पुष्टि
चितवन । जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो । कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ […]
पूरा पढ्नुहोस्
सांसद प्रभा ढकाल भन्छिन्ः गुणस्तरीय र बिरामीमैत्री सेवा देऊ
चितवन । चितवनकी संघीय सांसद् प्रभा ढकालले चितवनको भरतपुरमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालको बेथिति अन्त्य गर्दै गुणस्तरीय र बिरामीमैत्री सेवा दिनुपर्ने माग गरेकी छिन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा आफ्ना भनाइ राख्दै ढकालले क्यान्सर अस्पतालमा बेथिति व्यप्त भएको उल्लेख गरिन् । उनले उपचार नपाएर गरिब र असहाय बिरामीहरुले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था […]
पूरा पढ्नुहोस्
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर् याउन चुनौती
काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै आएको […]
पूरा पढ्नुहोस्



