१२ कार्तिक २०८३, बिहीबार

बागमती प्रदेश

हाम्रो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताउनुभएको छ । रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सभापति लामिछानेले लोकतन्त्रको उत्सवका […]

पूरा पढ्नुहोस्

पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना

संगीता राई सुनसरी । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ । वन, जलस्रोत र जैविक विविधताको संरक्षणदेखि प्राकृतिक विपद्का बेला उद्धार कार्यसम्म, सेनाका विभिन्न अभियानले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । नेपाली सेनाले सुरक्षा मात्र नभई चुरे क्षेत्रको संरक्षण, […]

पूरा पढ्नुहोस्

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

धादिङ । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो । भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै बाहिर निकालिएको […]

पूरा पढ्नुहोस्

राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सहकार्य जरूरी: अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने […]

पूरा पढ्नुहोस्

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

काठमाडौँ । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो । […]

पूरा पढ्नुहोस्

अङ्कुरम् एकेडेमीमा प्रारम्भिक बाल विकास तथा मोन्टेश्वरी शिक्षा तालिम

चितवन । चितवनको भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले अभिभावकीय भूमिका बहन गर्दै चितवन र नवलपुरका ५२ वटा पूर्वप्राथमिक विद्यालय (प्रिस्कुल)का ११० जना शिक्षक÷शिक्षिकालाई प्रारम्भिक बाल विकास तथा मोन्टेश्वरी तालिम प्रदान गरेको छ । विद्यालयले ‘जीवनभरको सिकाइका लागि बलियो आधार निर्माणका लागि गुणस्तरीय प्रारम्भिक बाल शिक्षा’ विषयमा तालिम दिएको हो । पूर्वप्राथमिक विद्यालयका शिक्षकहरूलाई बालकेन्द्रित शिक्षण विधि […]

पूरा पढ्नुहोस्

केन्द्रीय बसपार्कबाट नछुट्ने सवारीसाधनलाई कारबाही गरिने

चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र बढ्दो सवारीसाधनको चापलाई व्यवस्थापन गर्न चितवन हुँदै बाहिरिने सम्पूर्ण सार्वजनिक सवारीसाधनलाई केन्द्रीय बसपार्क पुग्नुपर्ने नियम बनाइएको छ । शनिबार भरतपुरमा बसेको जिल्लास्थित यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर बजारमा जथाभावी यात्रु चढाउने र झार्ने कामलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक […]

पूरा पढ्नुहोस्

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस ३ […]

पूरा पढ्नुहोस्

मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउनुहुन्छ । गत वर्ष […]

पूरा पढ्नुहोस्

चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो । कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका […]

पूरा पढ्नुहोस्