बागमती प्रदेश
एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार आज मतदानको समय तोकिएको छ । नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली पनि आयोगले सार्वजनिक गरिसकेको छ । उहाँका अनुसार कुल ३०१ केन्द्रीय […]
पूरा पढ्नुहोस्
कतार जाने खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट गरियो बिदाइ
चितवन । नेपालले कतारलाई उपहारस्वरुप दिन लागेकोे दुईवटा हात्तीलाई सोमबार सौराहाबाट बिदाइ गरिएको छ । सौराहास्थित खोरसोरबाट ट्रकमा राखेर यी दुई हात्तीलाई सोमबार बिदाइ गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका छावालाई आगामी पुस २ गते रुपन्देहीको भैरहवा विमानस्थलबाट कार्गो विमानमार्फत् कतार पठाइँदैछ […]
पूरा पढ्नुहोस्
सन अटोमोबाइल्समा रोयल इन्फिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक
चितवन । मिड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ २०२५ संस्करण भरतपुरमा सार्वजनिक गरिएको छ । सन अटोमोबाइल्सका सञ्चालक गोविन्दमान श्रेष्ठका अनुसार विश्वका प्रख्यात सहरहरूको ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस–६ नयाँ हन्टर ३५० प्रस्तुत गरिएको […]
पूरा पढ्नुहोस्
अङ्कुरम् एकेडेमीमा ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ सुरु
चितवन । कक्षाकोठाको सिकाइ प्रक्रियालाई डिजिटल प्रविधिबाट थप प्रभावकारी, सहभागितामूलक र सहज बनाउन विद्यार्थीकेन्द्रित शिक्षणविधि अपनाई आलोचनात्मक सोच, सिर्जनशीलता र सहकार्यजस्ता सीपहरू विकास गर्न सहयोग पु¥याउने उद्देश्यले शिक्षकलाई आधुनिक उपकरण र प्रविधि प्रयोग गरी शिक्षण पद्धति सुधार गर्न सक्षम बनाउन तीनदिने ‘डिजिटल पेडागोजी एक्सलेन्स प्रोग्राम’ बिहीबारदेखि सुरू भएको छ । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमी र […]
पूरा पढ्नुहोस्
विश्व एड्स दिवसमा अवेक नेपालद्वारा युवालाई सुरक्षित व्यवहारबारे अभिमुखीकरण
चितवन । विश्व एड्स दिवसको अवसरमा आइतबार नेशनल ओपन कलेजमा आयोजित स्वास्थ्य जागरूकता कार्यक्रममा अवेक नेपालले सक्रिय सहभागिता जनाउँदै एचआईभी एड्स सम्बन्धी सही जानकारी, सुरक्षित व्यवहार र सामाजिक दृष्टिकोणबारे युवाहरूलाई अभिमुखीकरण गरेको छ। कार्यक्रममा एचआईभी संक्रमण कसरी सर्छ, कसरी सर्दैन, यसबाट बच्न अपनाउनुपर्ने सावधानी, सुरक्षित यौन व्यवहार, नियमित परीक्षणको आवश्यकता तथा संक्रमित व्यक्तिप्रति अपनाउनुपर्ने मानवीय […]
पूरा पढ्नुहोस्
किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागू
नारायणगढ (चितवन) । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ । शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले नेपाली अण्डा उत्पादन […]
पूरा पढ्नुहोस्
एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा […]
पूरा पढ्नुहोस्
आधारभूत प्राथमिक उपचार तथा सिपिआर तालिम सुरु
चितवन । आपत्कालीन अवस्थामा ज्यान बचाउने, चोटपटकलाई गम्भीर हुन नदिई उपचार सहज बनाउने तथा हृदयघात वा श्वास रोकिने अवस्थामा प्रभावकारीरुपमा ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (सिपिआर) विधि अपनाउन सक्षम बनाउने उद्देश्यले तीन दिने आभारभूत उपचार तथा सिपिआर तालिम सुरू भएको छ । भरतपुर–७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा चितवन स्मार्ट स्काउट क्रुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी चितवनको सहयोगमा उक्त […]
पूरा पढ्नुहोस्
उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्
चितवन । विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गरी उनीहरूको प्रतिभा पहिचान गर्न तथा प्रस्तुती कला र सञ्चार क्षमताको विकास गर्न आयोजित चौथो संस्करण मास्टर एण्ड मिस अङ्कुरम्–२०८२ शुक्रबार सम्पन्न भएको छ । ‘मञ्च प्रदक्षिणा चरण, परिचयात्मक चरण, प्रतिभा प्रदर्शनी चरण र प्रश्नोत्तर चरण गरी चार चरणमा गरिएको स्पर्धाबाट उदयराज वाग्ले मास्टर अङ्कुरम्–२०२५ र श्रीद्धि कर्माचार्य मिस अङ्कुरम्–२०२५ […]
पूरा पढ्नुहोस्
एनपिएलः विराटनगरको अपराजित यात्रामा ब्रेक, चितवन विजयी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ । लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे […]
पूरा पढ्नुहोस्



