बागमती प्रदेश
तुइन खोलामा फेरि खस्यो पहिरो : नारायणघाट मुग्लिन सडक अवरुद्ध
चितवन । नारायणघाट–मुग्लिन सडक खण्ड आज दिउँसोदेखि पुनः अवरुद्ध बनेको छ । आज दिउँसो १ बजेतिर इच्छाकामना–५ तुइन खेलामा फेरि सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । सडकमा माथि पहाडबाट निरन्तर ढुंगा झरेको कारण उपकरण सञ्चालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसअघि शुक्रबार साँझ खसेको पहिरो […]
पूरा पढ्नुहोस्
पहिरो हटाएर १७ घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा (भीडियो)
धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका- १० जवाङखोलामा सुख्खा पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी संचालनमा आएको छ । सडक माथिबाट ठूलो सुख्खा पहिरो खसेपछि सोमबार राती १० बजेदेखि अवरुद्द राजमार्ग करिब १७ घण्टामा पहिरो पन्छाएर खुलाइएको हो। तत्कालका लागि पहिरो पन्छाएपनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउदै जाने पहिरो थपिदै गर्ने क्रम चलिरहेको जिल्ला […]
पूरा पढ्नुहोस्
जेनजी प्रदर्शनः २२ अर्ब २५ करोड बराबरको बिमा दाबी
काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको रु २२ अर्ब २५ करोड ६५ लाख बराबर बिमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा रु १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको […]
पूरा पढ्नुहोस्
औलोबाट चितवनमा ६ जना सङ्क्रमित
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो रोगको सङ्क्रमण भेटिनेमा तीन जना भरतपुर महानगरपालिकाका छन् भने दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका छन् । सङ्क्रमित ३४ […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था
चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश […]
पूरा पढ्नुहोस्
खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा विदेश भ्रमण र गाडी जित्ने मौका
चितवन । नेपालीहरुको महान् पर्व दसैँ एवम् तिहारको विशेष अवसर पारेर वर्ल्डलिङ्ककोे ग्राहकलाई लक्षित गर्दै आकर्षक योजना ल्याइएको छ । आइएमई खल्ती लिमिटेडद्वारा प्रवर्द्धन गरिएको डिजिटल वालेट ‘खल्ती बाइ आइएमई’बाट इन्टरनेट सेवा प्रदायक, वर्ल्डलिङ्कको बिल भुक्तानीमा भव्य र रोमाञ्चक क्याम्पेन सार्वजनिक गरेको हो । आगामी १२ हप्तासम्म चल्ने यस अभियानमा सेवाग्राहीहरुले खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी […]
पूरा पढ्नुहोस्
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल सरकारका नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महाविर पुन, मदनकुमार परियार र जगदीश खरेललाई शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला […]
पूरा पढ्नुहोस्
भरतपुरमा खुल्यो डेढ अर्ब लगानीमा लर्डस् होटल
चितवन । चितवनको भरतपुरमा १८ जना व्यवसायीको डेढ अर्ब रुपैयाँ बढीको लगानीमा अत्याधुनिक होटल सञ्चालनमा आएको छ । भरतपुर–१० स्थित एयरपोर्ट अगाडि सिबिसी प्लाजामा रु एक अर्ब ६० करोड रुपैयाँ लागतमा होटल लर्डस् सञ्चालनमा आएको हो । चितवन विजनेश कम्प्लेक्स होटल प्रालि (सिविसी)ले अन्तर्राष्ट्रिय ब्राण्डको होटल लर्डस् हस्पिटालिटीसँगको सहकार्यमा होटल सञ्चालनमा ल्याएको आज आयोजि पत्रकार […]
पूरा पढ्नुहोस्
सञ्चारमन्त्री खरेलले पहिलो निर्णयमा गरेनन् हस्ताक्षर
काठमाडौं । नवनियुक्त सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर नगरी कर्मचारीलाई नै फर्काइदिएका छन् । सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि पुगेका थिए । सो क्रममा कर्मचारीले पहिलो निर्णय हस्ताक्षरका लागि पुर्याएका थिए । तर, मन्त्री खरेलले अर्को निर्णय बनाएर ल्याउन आग्रह गरे । […]
पूरा पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडक चार घण्टापछि पुनः अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले […]
पूरा पढ्नुहोस्



