१० कार्तिक २०८३, मङ्गलबार

बागमती प्रदेश

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

काठमाडौँ, ६ भदौ । ‘झर्‍यो भुँइमा टोपी हजुर निउरिदा शिर…, कसलाई सुनाउ, कहाँ सुनाउ हजुर कर्णालीको पिर, जुनि बित्यो हाम्रो हजुर मोटरबाटो कुरी, ज्यानलिन्छ भिरले हाम्रो, मन रुन्छ पिरले, कर्णाली पिरले’ प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए । गला अवरुद्ध भए । यो प्रतिनिधि गीत […]

पूरा पढ्नुहोस्

संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने व्यवस्था मिलाउँछौँः सभापति देउवा

ललितपुर, ६ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा आदिवासी जनजातिको पहिचान भेटिने र पहिचानका लागि विद्यमान द्वन्द्व मेटिने व्यवस्था मिलाइने बताउनुभएको छ । कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘आदिवासी जनजाति योद्धाहरू’ पुस्तक विमोचन कार्यक्रममा उहाँले नेपाली कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि प्रजातन्त्रका लागि आदिवासी जनजाति […]

पूरा पढ्नुहोस्

एमालेले कसैको सदस्यता खोसेको छैन : अध्यक्ष ओली

काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आमजनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका साहसहितका नेता तथा कार्यकर्तालाई उहाँले एमाले पार्टीमा प्रवेश गराउनुभएको हो । सो अवसरमा आजपाका […]

पूरा पढ्नुहोस्

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन, ६ भदौ । चितवनको भरतपुरस्थित हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक […]

पूरा पढ्नुहोस्

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौँ, ६ भदौ । चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित समय, लागत र गुणस्तर अनुरूप सम्पन्न गरी नतिजा हासिल गर्ने उद्देश्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको छ । मन्त्री नवलकिशोर साह सुडी र सचिव लक्ष्मीकुमारी बस्नेतबीच भएको सम्झौताअुनसार कार्यसम्पादन सम्झौतामा प्रथम त्रैमासिक (२०८२ साउन १ गते देखि असोज […]

पूरा पढ्नुहोस्

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन, ६ भदौः  आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । चिकित्सालयका प्रमुख डा कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार […]

पूरा पढ्नुहोस्

आजको लागि यस्तो तोकियो तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, ५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु […]

पूरा पढ्नुहोस्

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्

सरकारले चितवनको खैरहनी नगरपालिकासहित छ स्थानीय तहलाई सम्मान गर्ने

काठमाडौँ, ४ भदौ । चितवनको खैरहनी नगरपालिकासहित उत्कृष्ट नतिजा ल्याउने मुलुकका छ वटा स्थानीय तहलाई सङ्घीय सरकारले सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा)मा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । ‘गाउँपालिका/नगरपालिकाको […]

पूरा पढ्नुहोस्

मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौँ, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । […]

पूरा पढ्नुहोस्