गण्डकी प्रदेश
मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै
मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई […]
पूरा पढ्नुहोस्
कोटिहोम महायज्ञमा रमणानन्द गिरीद्वारा ५२ हजार दान
चितवन । तनहुँको देवघाटस्थित महेश संन्यास आश्रमका पिठाधीस श्री १००८ स्वामी रमणानन्द गिरी महाराजले भरतपुर–१ वागीश्वरीमा जारी कोटिहोम महायज्ञको दर्शन गर्नुभएको छ । उहाँले सोमबार महायज्ञको दर्शन गर्नुका साथै महायज्ञमा ५२ हजार ६०० रुपैयाँ दान गर्नुभयो । उहाँले महायज्ञलाई नगद ५१ हजार १०० रुपैयाँ प्रदान गर्दै महायज्ञ आयोजकले दिएको दक्षिणासमेत महायज्ञमा नै दान गर्नुभएको थियो […]
पूरा पढ्नुहोस्
सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन
गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु ४४ लाख आठ हजार ५०० राजस्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । वैशाख […]
पूरा पढ्नुहोस्
‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ
म्याग्दी । सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे)को अवस्था पहिचान गर्न म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा क्यामेरा जडान गरिएको छ । दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धौलागिरि गाउँपालिका २ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन शिकार आरक्ष क्षेत्रमा ‘क्यामेरा ट्यापिङ’ […]
पूरा पढ्नुहोस्
आजको मौसमः केही स्थानमा हल्का वर्षा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया […]
पूरा पढ्नुहोस्
गैँडाकोटको जयश्री खोलामा डुबेर बालिकाको मृत्यु
नवलपुर । खोलामा पौडी खेल्ने क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक जना बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–४ स्थित जयश्री भङ्गभङ्गे खोलामा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर गैँडाकोट–१ की ११ वर्षीया बालिका सजिना थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकी थापा पानी जमेको स्थान (दह)मा मृत अवस्थामा […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ […]
पूरा पढ्नुहोस्
अक्सफोर्ड कलेजमा कक्षा ११ मा भर्ना हुन आज प्रवेश परीक्षा हुँदै
नवलपुर । यस क्षेत्रकै प्रतिष्ठित कलेजको रुपमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्न आज (सोमबार) प्रवेश परीक्षा लिँदैछ । नेपालकै पहिलो आइटी कलेज तथा यस क्षेत्रकै पहिलो साइन्स कलेजको रुपमा स्थापना भएको यस कलेजको कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन तथा पत्रकारिता […]
पूरा पढ्नुहोस्
विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी
गण्डकी, ४ जेठः पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्नुभएको थियो । उहाँले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाउनुभएको थियो । अहिले औसतमा दैनिक […]
पूरा पढ्नुहोस्
नेपालमा अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ । सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ । यसअघि […]
पूरा पढ्नुहोस्



