कोशी प्रदेश
एउटै जिल्लाको सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
झापा, ४ भदौ । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् । भारतसँगको […]
पूरा पढ्नुहोस्
बजेट अभावमा माइभगवती रङ्गशाला निर्माण रोकियो
इलाम, ४ भदौ । इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थलल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् । रङ्गशाला […]
पूरा पढ्नुहोस्
नेपाल प्रहरीको सेवा अवकासपछि व्यावसायिक खेतीमा पदम
झापा, ४ भदौ । यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उहाँले कृषिलाई अगाल्नुभएको हो । विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको […]
पूरा पढ्नुहोस्
सूचना नपाएको सूचना अधिकारीको गुनासो
खोटाङ, ४ भदौ । दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताउनुभयो […]
पूरा पढ्नुहोस्
‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै
भोजपुर, ४ भदौ । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत पर्यटकीय क्षेत्रको अवधारणाअनुसार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारिएको टेम्केमैयुङ–९ का वडाध्यक्ष नवराज […]
पूरा पढ्नुहोस्
मनसुन क्रमशः कमजोर हुँदै
काठमाडौँ, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । […]
पूरा पढ्नुहोस्
कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह
झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]
पूरा पढ्नुहोस्
एक वर्षमा इलाममा बने दुईवटा बेलिब्रिज
इलाम, ३१ साउन । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला […]
पूरा पढ्नुहोस्



