१० कार्तिक २०८३, मङ्गलबार

कोशी प्रदेश

काठमाडौँमा रगतको अभाव भएपछि झापाबाट पठाइयो

झापा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लाोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो । काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि […]

पूरा पढ्नुहोस्

बालिकालाई ठक्कर दिएको प्रदेशमन्त्रीको गाडी नरोकी हुइँकियो

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार सरकारी गाडीले एक बालिकालाई ठक्कर दिएको  सिसिटिभी फुटेज सार्वजनिक भएपछि नागरिक समाजमा आक्रोश फैलिएको छ । आज बिहान सवा ७ बजे ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धी माध्यमिक विद्यालय अगाडिको मुख्य सडकमा को १ झ ६९९ नम्बरको गाडीले बाटो काट्न लागेकी […]

पूरा पढ्नुहोस्

आज देशभर साधारणतया बदली हुने

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतथा बदली हुनेछ । कोशी, बागमती, गण्डकी र […]

पूरा पढ्नुहोस्

ड्रोनको सहायताले सगरमाथाको फोहोर सङ्कलन

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले खास छ । तर पछिल्ला वर्षमा पर्यटक र आरोहीहरूको बढ्दो चापसँगै सगरमाथामा फोहर थुप्रिँदै जाँदा समस्या सृजना भएको छ । जसले वातावरणीय सन्तुलन र हिमाली पारिस्थितिकीय तन्त्रमा […]

पूरा पढ्नुहोस्

कोशी नदीमा जल सतह बढेपछि ब्यारेजको ३१ ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका […]

पूरा पढ्नुहोस्

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो । शरीर कमजोर भए पनि उहाँको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै […]

पूरा पढ्नुहोस्

क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई कोशी प्रदेशबाट आठ करोड ८५ लाख सहायता वितरण

झापा । कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई रु आठ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको जनाएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा केनिन राईका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा सहायताका लागि एक हजार ७१५ जना बिरामीले मन्त्रालयबाट सहायता रकम प्राप्त गरेका हुन् । क्यान्सर, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी […]

पूरा पढ्नुहोस्

काठमाडौँ बाहिर पहिलो पटक कोशी अस्पतालमा निः सन्तान क्लिनिक सञ्चालन

विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको […]

पूरा पढ्नुहोस्

पाथीभरामा ३६ क्विन्टल सिक्काको गणना सुरु

ताप्लेजुङ, ६ भदौ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्ला १० महिनामा संकलन भएको ३६ क्विन्टल सिक्काको गणना सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी संकलन गरी गणनाको कार्य अघि बढाएका हुन् । अबिरलगायतका फोहोर लागेको सिक्कालाई उपकरणमार्फत धोएर, घाममा सुकाएर मात्र गणना गरिन्छ । घाम लाग्ने दिनमा करिब एक क्विन्टल सिक्का गणना […]

पूरा पढ्नुहोस्

कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी […]

पूरा पढ्नुहोस्