प्रदेश
बजेटको कारण देखाउँदै ‘स्यालो ट्युबवेल’ वितरण कार्यक्रम रोकियो
धनुषा, ४ भदौ । ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’ मार्फत मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई वितरण गर्ने भनिएको स्यालो ट्युबवेलका लागि बजेट अपुग हुने भएपछि हालका लागि कार्यक्रम स्थगित गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु १८ करोड बजेट विनियोजन गरी एक हजार २०० स्यालो ट्युबवेल वितरण गर्ने […]
पूरा पढ्नुहोस्
चक्कु प्रहारबाट युवाको मृत्यु
रौतहट, ४ भदौ । रौतहटको यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । बुधबार अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले […]
पूरा पढ्नुहोस्
आजको लागि यस्तो तोकियो तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु […]
पूरा पढ्नुहोस्
‘मधेस प्रदेश इँटा उत्पादनमा देशकै अग्रणी’
जनकपुर, ५ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताउनुभएको छ । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धानलगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । मुलुकभर रहेका करिब एक […]
पूरा पढ्नुहोस्
सार्वजनिक भयो कैलाली कारागार घटनाको अध्ययन प्रतिवेदनः आन्तरिक मतभेदका कारण झडप भएको निष्कर्ष
सुदूरपश्चिम, ५ भदौ । कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थलको अध्ययन […]
पूरा पढ्नुहोस्
जिल्ला अस्पतालको सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा दुई सय ५२ जना लाभान्वित
बैतडी, ५ भदौ । जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ । हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा सिजन खड्काले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा […]
पूरा पढ्नुहोस्
कोशी, बागमती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
काठमाडौँ, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी […]
पूरा पढ्नुहोस्
व्यासको चिस्यान केन्द्रमा बीउ आलु भण्डारण निःशुल्क
तनहुँ, ४ भदौ । जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा किसानका आलु भण्डारणको निःशुल्क व्यवस्था गरिएको छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले बीउको आलु भण्डारण निःशुल्क गरिएको हो । तीन रोपनी क्षेत्रफलमा चिस्यान केन्द्र निर्माण गरिएको छ । आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्योहोर्ने जनाएपछि भण्डारण […]
पूरा पढ्नुहोस्
बादी समुदायको पुर्ख्यौली पेसालाई आधुनिक बाजाले विस्थापित गर्दै
कैलाली, ४ भदौ । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उहाँ काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउनुहुन्छ । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्नुहुन्छ । नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उहाँको व्यस्तता बढेको […]
पूरा पढ्नुहोस्
एउटै जिल्लाको सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
झापा, ४ भदौ । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनःस्थापना केन्द्रमा राखेका हुन् । भारतसँगको […]
पूरा पढ्नुहोस्



