१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

साहारा सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सदस्यहरुको माग

चितवन, ३१ साउन । साहारा चितवन बहुद्देश्य सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गर्न बचतकर्ताले माग गरेका छन् । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेललाई भेटगरी उनीहरुले चितवनमा सञ्चालित तीन वटा शाखालाई समस्याग्रस्त सहकारी घोषणा गर्न माग गरेका हुन् । साहारा चितवन संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले चितवनमा सञ्चालित साहारा […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटमा निकालियो रोपाइँ जात्रा

नवलपुर, ३१ साउन । नवलपुरको गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः गैँडाकोटले जनाएको छ । जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताउनुभयो । नगरभित्रका समुदायले मनाउने कला […]

पूरा पढ्नुहोस्

सहकारी ठगी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

काठमाडौँ, ३१ साउन । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उहाँलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिनुभयो । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा […]

पूरा पढ्नुहोस्

महोत्तरीका किसानको फलफूलखेतीतर्फ आकर्षण बढ्दै

महोत्तरी, ३१ साउन । अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलफूलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् । लिची, रुखकटहर, सपातो र केरासहितका फलफूल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ […]

पूरा पढ्नुहोस्

आज दमौलीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा

तनहुँ, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल अन्तरराष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) तनहुँले आज दमौलीमा आज रथयात्रा निकालेको छ । समुदायमा धार्मिक भावना अभिवृद्धि गर्ने, संस्कृति जगेर्ना गर्ने र सामाजिक एकता कायम गर्ने उद्देश्यका साथ रथयात्रा निकालिएको इस्कोन तनहुँका प्रमुख निरन्तर दासले जानकारी दिनुभयो । इस्कोन तनहुँले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज झाँकी प्रदर्शन, भजन […]

पूरा पढ्नुहोस्

नवलपुरको गैँडाकोटस्थित राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

नवलपुर, ३१ साउन । नवलपुरको गैँडाकोट–५ मा रहेको राधाकृष्ण मन्दिरमा अखण्ड कीर्तन सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा मन्दिरमा आज बिहान ९ बजेबाट १२ घण्टे अखण्ड कीर्तन सुरु भएको हो । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिमलाल सापकोटाले मन्दिरमा विगतका वर्षहरुदेखि नै अखण्ड हरिकीर्तन हुँदै आएको जानकारी दिनुभयो । धर्मसंस्कृति संरक्षण र प्रवद्र्धन […]

पूरा पढ्नुहोस्

भूमिगत सिँचाइ विस्तार: बारा र पर्सा पनि समेटिँदै

चितवन, ३० साउन । सरकारले भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार गर्दै चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)सँगै अब बारा र पर्सालाई पनि समेटेको छ। भूमिगत सिँचाइ आयोजना चितवनका आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या गहिरिँदै गएकाले कार्यक्षेत्र विस्तार गरिएको हो। चालु आर्थिक वर्षमा २४ वटा भूमिगत सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य […]

पूरा पढ्नुहोस्