प्रदेश
आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १ भदौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा […]
पूरा पढ्नुहोस्
चार महिनामा विपद्का घटनाबाट एक सय २६ जनाको मृत्यु
काठमाडौँ, १ भदौ । गएको वैशाखदेखि साउन ३१ सम्मको चार महिनामा देशभर दुई हजार ८५३ विपद्का घटनाले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी, पहिरो, आगलागी, चट्याङ, हुरीबतासजस्ता घटनाले १२६ जनाको ज्यान लिएको छ भने ५८५ जना घाइते भएका छन्। विपद्का घटनामा परेका २३ जना अझै बेपत्ता छन्। विपद्का कारण ५०४१ परिवार विस्थापित भएका छन्। साउन ३१ […]
पूरा पढ्नुहोस्
नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिराले अवरुद्ध
चितवन, १ भदौ । मुलुककै अति व्यस्त रहने नारायणघाट–मुग्लिन सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान सुख्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘एक्साभेटर’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो […]
पूरा पढ्नुहोस्
एक वर्षमा इलाममा बने दुईवटा बेलिब्रिज
इलाम, ३१ साउन । इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला […]
पूरा पढ्नुहोस्
मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता : तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ
तनहुँ, ३१ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने […]
पूरा पढ्नुहोस्
भरतपुरमा डिप बोरिङमार्फत तीन सय हेक्टर जमिन सिँचित
चितवन, ३१ साउन । भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर–२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ । वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना […]
पूरा पढ्नुहोस्
विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सन चितवनको ज्ञापनपत्र
चितवन, ३१ साउन । विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनको तयारी गरिरहेको निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले चितवनका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति चितवन र शिक्षा समन्वय इकाइ चितवनमा ज्ञापन पत्र बुझाएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरी नेतृत्वको निजी विद्यालय सञ्चालकहरूको एक टोलीले शुक्रबार आफ्ना मागहरू समेटिएको ज्ञापन […]
पूरा पढ्नुहोस्
‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’
काठमाडौँ, ३१ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको […]
पूरा पढ्नुहोस्
सिन्धुलीको दुधौलीस्थित बस्तीमा बाढी पस्दा १० घर डुबानमा
सिन्धुली, ३१ साउनः यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते हुनुभएको छ । आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते हुनुभएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको […]
पूरा पढ्नुहोस्
साइराम डेण्टल केयरले निःशुल्क दाँतको प्रत्यारोपण गर्ने
चितवन, ३१ साउन । चितवनको साइराम डेण्टल केयरले निःशुल्क डेण्टल इम्प्लान्ट गर्ने भएको छ । अजय एण्ड सरु फाउण्डेशन र बायोहोराइजनको सहयोगमा दश जनालाई निःशुल्क डेण्टल इम्प्लान्ट गरिने केयरले शनिबार भरतपुरमा पत्रकार सम्मलेनको आयोजना गरी जानकारी दिएको छ । फाउण्डेशनका अध्यक्ष डाक्टर अजय न्यौपानेका अनुसार अति विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी दाँतको प्रत्यारोपण गरिने […]
पूरा पढ्नुहोस्



