१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

सङ्कटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा, २ भदौ । ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा पनि गाउँले किसानहरुलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धानको रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षका चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचक बढ्यो

काठमाडौँ, २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव १६ अङ्कले बढेर दुई हजार ७७० दशमलव ३९ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीको एक करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर ६७ हजार ९५९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब १७ […]

पूरा पढ्नुहोस्

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

रुपन्देही, २ भदौ । प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, कानपुर नौवस्ति बस्ने २५ वर्षीय अभिषेक यादव रहेका छन् । उनको साथबाट विभिन्न नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती कागजात बनाउन प्रयोग हुने सामग्री बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र […]

पूरा पढ्नुहोस्

नवलपरासीको सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी, २ भदौ । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको छ । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकामा २८८ दशमलव पाँच हेक्टर क्षेत्रफल, सुनवल नगरपालिकामा १७३ दशमलव ९९ हेक्टर क्षेत्रफल, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिकामा १५७ दशमलव ८२ हेक्टर क्षेत्रफल, प्रतापपुर र सुस्ता गाउँपालिकामा १२६ दशमलव ५१ हेक्टर क्षेत्रफल वन अतिक्रमण भएको […]

पूरा पढ्नुहोस्

जापानिज इन्सेफ्लाइटिसबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपुर, २ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । “जिल्लामा चालु आर्थिक वर्षमा चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमध्ये एक जनाको निधन भएको छ”, […]

पूरा पढ्नुहोस्

गीतकार एवं साहित्यकार नन्दनको निधन

चितवन, ३ भदौ । गीतकार एवं साहित्यकार प्रेमविनोद श्रेष्ठ “नन्दन”को निधन भएको छ । आइतबार बेलुका ९ः२५ बजे ९० वर्षको उमेरमा उहाँको निधन भएको हो । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहाकार समेत रहनुभएका नन्दनको पार्थीव शरिरलाई नारायणी कला मन्दिरमा अन्तिम श्रद्धान्जली दिइएको छ । नारायणी कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार गीतकार नन्दन क्यान्सर […]

पूरा पढ्नुहोस्

चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

चितवन, २ भदौ । गत एक वर्षमा विभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, […]

पूरा पढ्नुहोस्

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी, २ भदौ । हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क  क्षेत्र गन्तव्यमा समेटिएको छ । विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट […]

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक घटे

नवलपुर, १ भदौ । गत आर्थिक वर्ष २०८१/२०८२ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्नने पर्यटकको सङ्ख्या एक चौथाइले घटेको छ । कोरोना महामारीपछि विस्तारै उकासिँदै गएको चितवनको पर्यटन अघिल्लो वर्ष एक्कासि घटेको निकुञ्जको तथ्याङ्कमा उल्लेख गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/२०८२ मा घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ को तुलनामा […]

पूरा पढ्नुहोस्

कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह

झापा, १ भदौ । झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु […]

पूरा पढ्नुहोस्