प्रदेश
मनसुन क्रमशः कमजोर हुँदै
काठमाडौँ, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । […]
पूरा पढ्नुहोस्
गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान प्राप्त हुँदै
काठमाडौँ, ४ भदौ । दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका निम्ति रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ ।
पूरा पढ्नुहोस्
एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’ बागलुङमा अझै जीवित
बागलुङ, ४ भदौ । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका […]
पूरा पढ्नुहोस्
पचास वर्षपछि काभ्रेको भुम्लुबासीले पाए लालपूर्जा
काभ्रेपलाञ्चोक, ४ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु र फलाँटे गाविस) हालका दुई वडाका बासिन्दा लालपूर्जाको पखाईमा थिए । प्रारम्भिक चरणमा भुम्लु गाउँपालिका वडा नं […]
पूरा पढ्नुहोस्
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा ८४ फिट अग्लो बुद्धको प्रतिमा बन्दै
काठमाडौँ, ४ भदौ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गाउँपालिकामा भगवान् गौतम बुद्धको ८४ फिट अग्लो प्रतिमा निर्माणलाई तीव्रता दिइएको छ । पाँचपोखरी थाङ्पालमा गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको उक्त प्रतिमा धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गाउँपालिका अध्यक्ष टाशी लामाले बताउनुभयो । पालिकाले गौरवको योजनाका रूपमा प्रतिमा निर्माण चार वर्षदेखि सुरु […]
पूरा पढ्नुहोस्
बागलुङ, ३ भदौ । निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा छन् । नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म […]
पूरा पढ्नुहोस्
उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला
महोत्तरी, ३ भदौ । बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी […]
पूरा पढ्नुहोस्
गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै
तनहुँ, ३ भदौ । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘महिलासँग उपप्रमुख’अन्तर्गत गर्भवती महिला पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा २४३ जना गर्भवतीलाई पोषण प्रोत्साहन रकम […]
पूरा पढ्नुहोस्
बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द
बैतडी, ३ भदौ । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो । गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् […]
पूरा पढ्नुहोस्
तेक्वान्दो खेलाडी सम्मानित
काठमाडौँ २ भदौ । हिमालयन इन्टरनेसनल एकेडेमी नेपालले विभिन्न प्रतियोगितामा पदक जित्न सफल एसकेबीसी तेक्वान्दो डोजाङका खेलाडीलाई सम्मान गरेको छ । हिमालयन इन्टरनेसनल एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा टोखा नगरपालिका–५ का अध्यक्ष मदान गुरुङ र एसकेबीसी डोजाङका प्रमुख रन्जितबहादुर डङ्गौराले सुभासचन्द्र बोहरा, तुषारसिंह ठकुरी, दक्षता रावल, एलेक्सा पाण्डे, आभास देव, दिप्सन थापा र दिपन थापालाई […]
पूरा पढ्नुहोस्



