प्रदेश
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
भोजपुर । यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्फिएर करोडौँ लगानीसहित व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी गर्नुभएको छ । काठमाडौँमा अधिवक्ताको पेसालाई छाडेर उहाँले गाउँमा ‘पद्मा, कोपिला बहुउद्देश्यीय अर्गानिक कफी उद्योग’ दर्ता गरेर कृषि उद्यम सञ्चालन गर्नुभएको छ । करिब सात वर्षअघि सुरु गरिएको उहाँको कृषि यात्रा अहिले उदाहरणीय बन्दै गएको छ । […]
पूरा पढ्नुहोस्
वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै […]
पूरा पढ्नुहोस्
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
कञ्चनपुर । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ । चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि […]
पूरा पढ्नुहोस्
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । […]
पूरा पढ्नुहोस्
पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय
नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् । सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले […]
पूरा पढ्नुहोस्
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ
चितवन । चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ । कृष्णसार अनुकूलको खुला वातावरण बनाउन रत्ननगरको टिकौली चौर क्षेत्रका केही रुख हटाउनुपर्ने निर्णय मन्त्रालयस्तरबाट स्वीकृत हुन नसक्दा कृष्णसार स्थानान्तरणमा ढिलाइ भएको हो । डिभिजन वन कार्यालय चितवनका अनुसार कृष्णसार खुला घाँसे मैदानमा बस्न रुचाउने […]
पूरा पढ्नुहोस्
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
भोजपुर । सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले […]
पूरा पढ्नुहोस्
पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
तानसेन । यहाँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको छ । रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो । स्वस्थ आमा, स्वस्थ बच्चासहित समृद्ध समाज निर्माण गर्दै पोषणमैत्री गाउँपालिका घोषणा गर्ने अभियानअन्तर्गत आमालाई […]
पूरा पढ्नुहोस्
रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग
मध्यविन्दु । परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ । कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिँदो मौसमको चुनौतीबीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा पछिल्ला केही […]
पूरा पढ्नुहोस्
भदौ २६ मा रिलिज हुने “बेहुली”को पोस्टर सार्वजनिकः पारसको हातमा हतकडी र दिव्या
काठमाडौँ। हरितालिका तीजको अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘बेहुली’ आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) […]
पूरा पढ्नुहोस्



