प्रदेश
गोताखोरको दैनिक भत्ता दुईसय मात्र !
चितवन । जोखिम मोलेर उद्धारमा खटिने ‘गोताखोर’ले दैनिक रु २०० मात्र भत्ता पाउँछन् भन्दा विश्वास नलाग्न सक्छ । तर, गहिरा नदी, तलाउमा हामफालेर अरुको जीवन बचाउने जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी वल (एपीएफ)मा कार्यरत ‘गोताखोर’को भत्ता अहिले पनि दैनिक रु २०० मात्र रहेको छ । पानी तथा तालतलैयामा डुबेका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने र पानीजन्य […]
पूरा पढ्नुहोस्
कृषि विश्वविद्यालयमा १५ दिनमा १५ काम
चितवन । यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालयले नयाँ नेतृत्व पाएसँगै १५ दिनमा १५ वटा काम गरेको छ । विगतमा राजनीति खिचातानी र भागबण्डाका कारण विभिन्न नाममा हुने विवादले यहाँ कार्यसम्पादनमा समस्या हुने गरेको थियो । वर्तमान सरकार बनेपछि उपकुलपतिमा प्रा डा होमबहादुर बस्नेतलाई अर्काे व्यवस्था नहुञ्जेलका लागि जिम्मेवारी दिएपछि कामले गतिलिएको हो । प्रा […]
पूरा पढ्नुहोस्
विश्व साइकल दिवसमा भरतपुरमा बृहत् साइकल र्याली हुँदै
चितवन । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवस–२०२५ को अवसरमा पारी चितवनको भरतपुर–७, कृष्णपुरस्थित अङकुरम् एकेडेमीको आयोजनामा आगामी बुधबार (जेठ २० गते) बृहत् साइकल र्यालीको आयोजना गरिँदै छ । ‘वातावरण, स्वास्थ्य र पर्यापर्यटनका लागि साइकल’ भन्ने अभियानलाई प्रवर्द्धन गर्दै साइकल संस्कृतिको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना हुने उक्त र्यालीमा शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न […]
पूरा पढ्नुहोस्
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयकअनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको लाभकर नै अन्तिम हुने व्यवस्थासहित […]
पूरा पढ्नुहोस्
बजेट मार्फत सरकारले यी वस्तुमा बढायो अन्तःशुल्क
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरुमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताउनुभयो । मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरु बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको […]
पूरा पढ्नुहोस्
आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल […]
पूरा पढ्नुहोस्
सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामी सञ्चालन गरिने
नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताउनुभएको हो । “धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कुल विनियोजनमध्ये चालुतर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९ दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको बताउनुभयो […]
पूरा पढ्नुहोस्
गर्मी बढेसँगै मोहीको माग बढ्दो
चितवन । गर्मी समय बढेसँगै यहाँको बजारमा मोहीको माग अत्याधिक वढ्दै गएको छ । बजारमा पाइने अन्य पेयपदार्थको तुलनामा स्वस्थकर हुने भएकाले पछिल्लो समय मोही पिउने सेवाग्राहीको सङ्ख्या वृद्धि भएको छ । पिठुवा डेरीका व्यवस्थापक गुणराज रेग्मी गत वर्षको तुलनामा यस वर्ष मोहीको माग बढेको बताउनुहुन्छ । उहाँले दैनिक १२० लिटर हाराहारी मोही बिक्री गर्दै […]
पूरा पढ्नुहोस्
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
दमौली । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गर्नुभयो । मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ । यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा […]
पूरा पढ्नुहोस्



