१३ कार्तिक २०८३, शुक्रबार

प्रदेश

गैँडाकोट महोत्सवमा आज अर्जुन सापकोटासहितको प्रस्तुती

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमा आज चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार आज मंगलबार महोत्सवको सांस्कृतिक कार्यक्रममा सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीको सँंस्कृतिक प्रस्तुती रहने छ । आजको कार्यक्रम सञ्चालन गायक तथा उद्घोषक दीपक खड्काले गर्ने लम्सालले बताए । […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा सांस्कृतिक प्रस्तुती

नवलपुर । गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तुती राखेका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुती दिएर भरपुर महोत्सव दिएका थिए । त्यस्तै शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गायर समेत दर्शकलाई मनोरञ्जन दिएका लम्सालको […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवको ५० हजार दर्शकद्वारा अवलोकन

नवलपुर । नवलपुरको गैँडकोटस्थित नारायणी नदी किनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवको ५० हजार दर्शकले अवलोकन गरेका छन् । पुस २५ देखि आजसम्म ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सव अवलोकनका लागि आउने दर्शकको संख्या उल्लेख्य रहेको भन्दै सापकोटाले सोमबारमात्रै सात हजार भन्दा बढी दर्शकले […]

पूरा पढ्नुहोस्

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका […]

पूरा पढ्नुहोस्

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय […]

पूरा पढ्नुहोस्

विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज सञ्चालन हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यले बिहान ८ बजेदेखि बन्दसत्र हुन लागेको जानकारी दिनुभयो । सबैभन्दा पहिला बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ । बन्दसत्रबाट कार्यविधि […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा आज चर्चित गायक हिमाल सागरसहितको प्रस्तुती

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा आज हिमाल सागरसहितका चर्चित कलाकारहरु आउने भएका छन् । महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार आज सोमबार महोत्सवमा हिमाल सागर सहित कलाकारहरु श्यामकला भण्डारी, शिव हमाल र दीपक खड्काको प्रस्तुती रहनेछ । त्यसैगरी, स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न आयोजना गरिएको भजन प्रतियोगितामा सञ्चालन […]

पूरा पढ्नुहोस्

गैँडाकोट महोत्सवमा समीक्षालाई दर्शकको साथ

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई दर्शकले साथ दिएका छन् । आइतबार साँझ महोत्सवको स्टेज उक्लिएकी समीक्षालाई दर्शकहरुले करिब एक घण्टा साथ दिए । साँझमा नारायणीको चिसो बढ्दै जाँद स्टेजमा उक्लिएकी समीक्षाका गीतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो । उनले आफ्ना चर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् […]

पूरा पढ्नुहोस्

चौथो गैँडाकोट महोत्सवः १० हजार दर्शकद्वारा अवलोकन

नवलपुर । चौथो गैँडाकोट महोत्सवको आज आइतबार १० हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार सार्वजनिक बिदाको दिन परेकाले महोत्सवस्थलमा दर्शकहरुको उपस्थिति राम्रो देखिएको हो । महोत्सव सुरु भएको तेस्रो दिनमै १० हजार दर्शकले अवलोकन गर्नु सकारात्मक पक्ष भएको सापकोटाले बताए । आगामी दिनमा दर्शकहरुको संख्या अझै […]

पूरा पढ्नुहोस्

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा […]

पूरा पढ्नुहोस्