१० कार्तिक २०८३, मङ्गलबार

प्रदेश

नवलपुरसहित देशका धेरै स्थानमा मनसुन सक्रिय

काठमाडौँ । बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र […]

पूरा पढ्नुहोस्

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

झापा । हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थियो । शरीर कमजोर भए पनि उहाँको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै […]

पूरा पढ्नुहोस्

चितवनमा लगाइएको धानबालीमा डढुवा रोगको समस्या

चितवन । यहाँका तीन वटा स्थानीय तहमा रोपिएका धानमा डढुवा रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा यो समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तिका चौहानका अनुसार हाल दैनिक पाँचदेखि सातजना किसान डढुवा रोगको समस्या लिएर आउने गरेका छन् । धानको पातको फेदमा डढुवासँगै पोटासको कमी, गभारो […]

पूरा पढ्नुहोस्

घाँस काट्न गएका वृद्धको गैँडाको आक्रमणबाट मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनकाे भरतपुर-२८ अन्द्रौलीमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आज गैँडाको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरकाअनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण […]

पूरा पढ्नुहोस्

विचारः अनलाइन सञ्चार माध्यम व्यवस्थापनका वैकल्पिक मार्ग

काठमाडौँ । नेपालको संविधानले सञ्चारमाध्यमसम्बन्धी व्यवस्था सङ्घ र प्रदेशको साझा अधिकारको सूचीमा र पत्रपत्रिका सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा ७ को उपदफा उपदफा (३) मा सङ्घीय कानुन नबनेको अवस्थामा प्रदेशले कानुन बनाउन र कार्यान्वयन गर्नसक्ने व्यवस्था गरेको […]

पूरा पढ्नुहोस्

बिमाबापत् भरतपुर अस्पतालले एक अर्ब रुपैयाँ प्राप्त गर्न बाँकी

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत […]

पूरा पढ्नुहोस्

बागलुङको गाजादहको सिद्धबराह धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै

बागलुङ । सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्तिमा रु. २० लाख खर्च भएको छ । समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको […]

पूरा पढ्नुहोस्

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेश : ४२ प्रतिशतमा चिन्ता र २३ प्रतिशतमा निराशा

कर्णाली । कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार […]

पूरा पढ्नुहोस्

नवलपुरको देवचुलीमा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण सुरु

नवलपुर । सङ्घीय सरकारको बजेटबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका वडा नम्बर १७ मा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माणको काम सुरु भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम सुरु गरेको हो । निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत […]

पूरा पढ्नुहोस्