१० कार्तिक २०८३, मङ्गलबार

समाज

भरतपुरमा कानको लोती छिनाएर महिलाको गहना लुटपाट

चितवन । चितवनको भरतपुर महानगरपालिका–२० दद्रेनीमा अज्ञात समूहले घरमा पसेर एक महिलामाथि कुटपिट गरी सुन लुटेर फरार भएको भएका छन् । स्थानीय ५१ वर्षीया झलककुमारी घिमिरेमाथि शुक्रबार राति मध्यराति अज्ञात समूहले कुटपिट गरी सुन लुटेर फरार भएको प्रहरीले जनाएको छ । अज्ञात व्यक्तिहरूले घरको ढोका फोरेर घरभित्र प्रवेश गरी उनको आँखा र मुख थुनेर कुटपिटसमेत […]

पूरा पढ्नुहोस्

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

सुर्खेत । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको निर्माणले गति लिएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा तीन पुलहरू निर्माण हुन गइरहेका हुन् । जाजरकोट–जुम्ला सडकखण्डभित्र पर्ने छेडागाड नगरपालिका–१०/११ को बीचमा रहेको लम्तीखोलामा पक्की पुल निर्माणको काम सुरु भएको छ । २५ मिटर लामो पुल निर्माण कार्य सुरु भएपछि यहाँका स्थानीयवासी खुसी भएका छन् […]

पूरा पढ्नुहोस्

अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कृष्ण दवाडी कास्की । पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट सुरु हुने फिर्के फेवातालमा गएर मिसिन्छ । तर फिर्केखोला अहिले अतिक्रमणको सिकार मात्र बनेको छैन, फोहर विसर्जन गर्ने स्थलसमेत बनेको छ । अतिक्रमणका कारण खोलाको प्राकृतिक बहाव नै रोकिने अवस्थाका बीच लामो समयदेखि फिर्के चर्चामा रह्यो । यसैबीच, अन्ततः खोलाघरभित्रका अतिक्रमित संरचना […]

पूरा पढ्नुहोस्

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १०कट्ठा जमिन

कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १० कट्ठा जमिन इँट्टा व्यवसायी तेजप्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले […]

पूरा पढ्नुहोस्

‘मगर सङग्रालय’ नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम […]

पूरा पढ्नुहोस्

बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

पाँचथर । अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् । पहिरोले घर जोखिममा पारेपछि एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएको हो । मोहनलाल र कबिरको परिवारका सात जना आफन्त शान्ता […]

पूरा पढ्नुहोस्

चितवनको एसइई नतिजाप्रति असन्तुष्टि

चितवन । विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाप्रति चितवनका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार चितवनको भरतपुरस्थित अङ्कुरम् एकेडेमीमा आयोजित एक कार्यक्रममा उक्त असन्तुष्टि व्यक्त गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ, चितवनको आयोजनामा ‘विद्यालय शिक्षाको शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी प्रधानाध्यापकसँग अन्तक्र्रिया तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) समीक्षा’ कार्यक्रममा […]

पूरा पढ्नुहोस्

अबदेखि सार्वजनिक बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अबदेखि यात्रुको लगेज (झोला) ट्याग प्रणाली लागू गरिने भएको छ ।  यात्रुको सामान सुरक्षित बनाउने, झोला हराउने तथा साटिने समस्या अन्त्य गर्ने र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित उक्त प्रणाली लागू गर्न लागिएको हो । यस सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र […]

पूरा पढ्नुहोस्

पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’

झापा । भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो । पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान गौतम बुद्धको […]

पूरा पढ्नुहोस्

तातो हावाबाट यी जिल्लालहरु हुँदैछन् प्रभावित 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर (लु)सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस […]

पूरा पढ्नुहोस्