समाज
म्याग्दीको मिस्त्रीखोलामा माछा पाइन छाडे
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ भएर बग्ने मिस्त्रीखोलामा माछा पाइन छाडेका छन् । जलविद्युत् आयोजना निर्माण भएपछि मिस्त्रीखोलामा पानीको सतह घट्न घट्दा त्यसको असर माछालगायत जलचरमा परेको हो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बाँसबोटका अविन चोचाङ्गीले खोलामा बग्ने पानी जलविद्युत् आयोजनाको बाँधदेखि सुरुङमार्फत विद्युत्गृहमा पुग्न थालेपछि माछा, पाहा पाइन छाडेको बताउनुभयो । “पहिले मिस्त्रीखोलामा प्रशस्त […]
पूरा पढ्नुहोस्
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि (भिडियो)…
नवलपुर । चितवन र नवलपुर हुँदै बग्ने नेपालकै गहिरो नदी नारायणीमा चलिरहेको डुङ्गा शुक्रबार दिउँसो अचानक पल्टियो । सशस्त्र प्रहरी बलको सुरक्षाकर्मीहरु सवार भएको र्याफ्टिङ डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छेहरु उद्धारका गुहार माग्दै थिए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीमा जब यो दृश्य देखियो तब मान्छेहरु नदी किनारमा जम्मा हुन थाले । नारायणी नदीमा […]
पूरा पढ्नुहोस्
नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पु¥याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पु¥याउने व्यवस्था […]
पूरा पढ्नुहोस्
नारायणी नदी उत्खनन व्यवस्थित बनाउन निर्देशन
नवलपुर । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ । समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ […]
पूरा पढ्नुहोस्
वागीश्वरीको कोटिहोम महायज्ञमा भजनकीर्तन
चितवन । आँपटारीस्थित वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रममा जारी कोटिहोम महायज्ञमा विभिन्न समूहरुले भजनकीर्तन गर्दै आएका छन् । बिहीबार दमौलीबाट आएको व्यास ज्योती भजन किर्तन समूहले भजन किर्तन गरेको थियो । त्यस्तै, बुटवलबाट आएकी बालिका दीक्षा भण्डारीले प्रवचन गरिन् भने भरतपुर–२ निवासी महेश पोदारले नगद २१ हजार १११ र भरतपुर–११ विशालचोक निवासी रनमाया क्षेत्रीले […]
पूरा पढ्नुहोस्
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य […]
पूरा पढ्नुहोस्
बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने
दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण गर्ने उद्देश्यले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तीन वर्ष पहिले सुरु गरेकोे सहलगानीअन्तर्गत बबई नदीको पानी लिफ्टिङ गरेर तुलसीपुरमा ल्याउन सञ्चालित आयोजना सफल हुन थप छ महिना लाग्ने भएको छ । हालसम्म आयोजनाको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जडान तथा होमकनेक्सनलगायत काम […]
पूरा पढ्नुहोस्
जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम-कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत विसं २०७६ अघि निर्माण सम्पन्न भइसकेको जोमसोम-कोरला खण्डअन्तर्गत पहिलो खण्डको जोमसोम-कागबेनी कालोपत्र सडक वर्षा, पहिरोलगायत […]
पूरा पढ्नुहोस्
मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
काठमाडौँ । नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । सेनाका अनुसार […]
पूरा पढ्नुहोस्
चितवनमा मह उत्पादनमा कमी
चितवन । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा […]
पूरा पढ्नुहोस्



