११ कार्तिक २०८३, बुधबार

समाज

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिनुभयो । सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने […]

पूरा पढ्नुहोस्

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज पूर्वमन्त्री पाण्डेसँग रु चार लाख लिएर धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले तनहुँका सञ्जय भट्ट र काठमाडौँका भाष्करराज अर्यालसँग रु १०/१० लाख, सुनसरीका जीवनकुमार दास र मकवानपुरका सागर कटुवालसँग रु […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा राष्ट्रिय साइकिलिङ प्रतियोगिता हुँदै, पहिलो हुनेलाई २५ हजार रुपैयाँ

नवलपुर । नवलपुरको गैँडाकोटमा जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय राइकिलिङ प्रतियोगिता २०८३ हुने भएको छ । गैँडाकोट नगरपालिकासँगको सहकार्यमा लियो क्लब अफ गैँडाकोट मौलाकालिकाको आयोजनामा जेठ २ गते साइकिलिङ प्रतियोगिता हुन लागेको हो । कालिगण्डकी करिडोरको १० किलोमिटर सडकखण्डमा हुने प्रतियोगिताको मुख्य उद्देश्य जलवायु परिवर्तनबारे सचेतनासँगै साइकिलिङ संस्कृतिको प्रवद्र्धन, स्थानीय पर्यटकीय क्षेत्रलाई प्रोत्साहनरहेको आज […]

पूरा पढ्नुहोस्

चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र

चितवन । जिल्लाका छ पालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकाबाट करदाता सेवा केन्द्र सुरु गरिएको हो । नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुबाट सेवा सुरु गरिएको हो । आन्तरिक […]

पूरा पढ्नुहोस्

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको पनि काम जारी

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ । आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार हाल पूर्वी खण्डमा निर्माण सकिएका स्थानमा सडक सुरक्षासम्बन्धी काम भइरहेको छ । सडक सुरक्षाअन्तर्गत सडकमा सेतो र पहेँलो चिह्न बनाउने, बीचको डिभाइडरमा रङ लगाउने, मुख्य सडक र सहायक सडकबीच […]

पूरा पढ्नुहोस्

जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन । चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप नक्सा गरेको थियो । राप्ती, खैरहनी, रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन थालिएको […]

पूरा पढ्नुहोस्

एक्साभेटरसँग कार ठक्किँदा एकै परिवारका पाँच घाइते

मध्यविन्दु । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो एक्साभेटरसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । झरही खोलाबाट बुटवलतर्फ जाँदै गरेको ‘अनटेस्ट’ एक्साभेटरसँग  नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १८ च ३३२३ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३४ वर्षीय सागर ज्ञवाली, […]

पूरा पढ्नुहोस्

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन । जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक प्रहरीले […]

पूरा पढ्नुहोस्

महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै

चितवन । खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न थालिएको छ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको बैठकले लामो समयदेखि महसुल नबुझाएका ग्राहकको धाराको लाइन काट्ने निर्णय गरेपछि सो कार्य गर्न थालिएको हो । कार्यालय प्रमुख सञ्जय बरालका अनुसार ४४ हजार ५०० ग्राहकमध्ये महसुल नबुझाएकाको धाराको लाइन काट्न थालिएको हो । “कार्यालयले रु तीन करोड ७० […]

पूरा पढ्नुहोस्

नगरस्तरीय परीक्षामा गैँडाकोट नमुना माविका ६ जनाले ल्याए चार जीपीए

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकाद्वारा सञ्चालित शैक्षिक सत्र २०८२ को नगरस्तरीय वार्षिक परीक्षामा गैँडाकोट नमुना माविका ६ जना विद्यार्थीले चार जिपीए ल्याएका छन् । विद्यालयले पालिकामा नै उत्कृष्ट नतिजा हासिल गर्दै आफ्नो शैक्षिक साखलाई पुनः एकपटक उँचो पारेको विद्यालयले जनाएको छ । गैँडाकोट नगरपालिकाद्वारा सार्वजनिक कक्षा ५ को वार्षिक नतिजाअनुसार आराध्या लम्साल, अश्मी सुवेदी, सृष्टी […]

पूरा पढ्नुहोस्