समाज
आज दिनभर झरी, शनिबारदेखि सुधार हुने
काठमाडौँ । देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने भएको छ । शनिबारदेखि मौसममा क्रमशः सुधार हुने नेपाल मौसम विज्ञान विभागले बताएको छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “अधिकांश स्थानमा अहिले मेघगर्जनसहित वर्षा भइरहेको छ । आज दिनभरी वर्षा हुने र रातिदेखि केही सुधार हुनेछ भने शुक्रबार दिउँसो पुनः […]
पूरा पढ्नुहोस्
नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो । आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२/८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं […]
पूरा पढ्नुहोस्
गैँडाको आक्रमणबाट घाइते घलेको मृत्यु
चितवन । चितवनमा गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ फलेनीका ४२ वर्षीय भक्तबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार असोज १४ गते बिहान करिब ५ बजेको समयमा घले […]
पूरा पढ्नुहोस्
तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न, भक्तजनका लागि खुला गरिँदै
कास्की । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनलाई लागि खुला गरिने भएको छ । फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित मन्दिरमा तालको किनार बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ । पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित […]
पूरा पढ्नुहोस्
उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग
चितवन । चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका हुन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल […]
पूरा पढ्नुहोस्
चितवनबाट ५० थान आईफोनसहित दिपक मोबाइलका सञ्चालक पक्राउ
चितवन । बिलबिजकविना मोबाइल बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चितवनबाट दिपक मोबाइल पसलका सञ्चालक दिपक पर्साई र अर्का एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार भरतपुर महानगरपालिका–१० र १ मा सञ्चालन गरिएको दिपक मोबाइल पसलबाट बिलबिजकविनाका मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले पसलमा […]
पूरा पढ्नुहोस्
चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
सनद अधिकारी नारायणगढ । राप्ती नगरपालिका–११ को बेलडाँडा पुग्दा सडकमा खसेको पहिरोले बाटो छेकेको थियो । पहिरो पन्छाएर मोटर गुड्ने बाटो बनाउने प्रयास भइरहेको थियो । एकातिर भिर, अर्कोतिर लोथर खोला । पहिरोले सडकको भाग बगाएको ठाउँबाट पारि जानुपर्ने अवस्था थियो । तल हेर्दा करिब ५०० मिटरभन्दा बढी छाँगाछुर भिर देखिन्थ्यो । न समाउने ठाउँ […]
पूरा पढ्नुहोस्
‘ईभी’मा आगलागीको घटना तुलनात्मक रुपमा थोरै हुने दाबी
चितवन । विद्युतीय गाडी (ईभी)मा हुने आगलागीको घटना अन्य गाडीहरुको तुलनामा थोरै हुने गरेको सरोकारवालाहरुले बताएका छन् । चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा)ले शनिबार नारायणघाटमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले समुदायमा हल्ला भएको जस्तो ईभीमा आगलागीको घटना धेरै नहुने गरेको बताएका हुन् । विद्युतीय सवारीसाधन सचेतना तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै काडाका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले समुदायमा विद्युतीय […]
पूरा पढ्नुहोस्
पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित
पर्वत । बाढीपहिरोबाट जिल्लाका ३०० परिवार विस्थापित भएका छन् । जिल्लाभर १७० घर पूर्ण रूपमा क्षति भएका छन् भने १३१ घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सात पालिकामध्ये छ पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो । सबैभन्दा बढी जलजला गाउँपालिकामा ११३ घरमा धेरै क्षति भएको छ । त्यहाँका ५८ घर पहिरोको […]
पूरा पढ्नुहोस्
गलकोटमा भएको दैवी विपत्तिबाट ६३ घरमा क्षति
बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ । गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य १३३ घरमा आंशिक क्षति भएको छ । हुरीले ३९ घर पूर्ण, ५२ घरमा आंशिक क्षति भएको छ । यसैगरी, पक्की सिँचाइका […]
पूरा पढ्नुहोस्



