१२ कार्तिक २०८३, बिहीबार

समाज

म्याग्दीको भिरकाटे–दोवा सडक स्तरोन्नति : लक्ष्यअघि नै सम्पन्न

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको भिरकाटे–दोवा सडक स्तरोन्नति योजनाका लागि गत पुस महिनामा भण्डारी निर्माण सेवाले रु ६५ लाखमा ठेक्का सम्झौता गरेको थियो । आगामी चैतसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यभन्दा एक […]

पूरा पढ्नुहोस्

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उहाँका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गर्नुभएको पाँच […]

पूरा पढ्नुहोस्

चुनावैपिच्छे वाचा, शुक्लाफाँटा आरक्ष विस्थापित २४ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा

कञ्चनपुर । हरेक निर्वाचनमा दलहरूको चुनावी एजेन्डा बन्ने गरेको शुक्लाफाँटा आरक्ष विस्थापितको विषय यसपटकको निर्वाचनमा पनि सबै दलका उम्मेदवारको चुनावी एजेन्डामा छ । स्थानीय तह निर्वाचनदेखि सङ्घीय निर्वाचनमा आरक्ष विस्थापितको पुनःस्थापनाको एजेन्डा बन्दै आएको दुई दशक भइसकेको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ सालमा विस्तापित भएका आरक्ष विस्थापित […]

पूरा पढ्नुहोस्

विजय मल्ल शताब्दी महोत्सव मनाइयो

काठमाडौँ । नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवर्द्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल […]

पूरा पढ्नुहोस्

सडक पहुँचसँगै लसुनखेतीमा आकर्षित

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान यतिबेला व्यावसायिक लसुनखेतीतर्फ आकर्षित हुँदै गएका छन् । विगतमा घरायसी प्रयोजनका लागि मात्र सीमित रहेको लसुनखेती अहिले आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको हो । ग्रामीण सडक सञ्जाल विस्तार भएसँगै उत्पादन गरिएको लसुन सहज रूपमा बजारसम्म पुग्न थालेपछि किसानले व्यावसायिक खेतीलाई प्राथमिकता दिन थालेका हुन् । मझौलेकी किसान विजया […]

पूरा पढ्नुहोस्

उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

बागलुङ । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षात्को समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन […]

पूरा पढ्नुहोस्

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो । पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ दुई […]

पूरा पढ्नुहोस्

नवलपुरमा तीन हजार सात सय छयालीस हेक्टरमा तोरी खेती

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो । अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट-सुस्तापूर्व)का […]

पूरा पढ्नुहोस्

निर्वाचन आउन नौ दिन बाँकी

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनःस्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका […]

पूरा पढ्नुहोस्

हाम्रो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ छः सभापति लामिछाने

बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताउनुभएको छ । रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उहाँले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । सभापति लामिछानेले लोकतन्त्रको उत्सवका […]

पूरा पढ्नुहोस्