समाज
विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान
प्रकाश सिलवाल काठमाडौँ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र […]
पूरा पढ्नुहोस्
चितवनमा रास्वपाले ‘क्लिन स्वीप’ गर्दा काँग्रेस–एमालेको जमानत जफल
आनन्द पोखरेल चितवन । प्रतिनिधिसभा सदस्यको तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनका सबै क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ । चितवन–१ बाट हरि ढकाल दोस्रोपटक निर्वाचित हुँदा पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट तेस्रो तथा चितवन–३ बाट सोबिता गौतम पहिलोपटक निर्वाचित भएकी छिन् । सभापति लामिछाने २०७९ को निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा प्रवेश […]
पूरा पढ्नुहोस्
नवलपरासीका सबै क्षेत्रमा रास्वपाद्वारा ‘क्लिन स्वीप’
आनन्द पोखरेल नवलपुर । नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गतका चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । यो क्षेत्र नेकपा (एमाले) र नेपाली काँग्रेस तथा क्षेत्रीय दल जनता समाजवादी पार्टी नेपालको पकड क्षेत्रको रुपमा मानिदै आएको थियो । नेपाली काँग्रेसको किल्लाको रुपमा लिने गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नम्बर १ मा […]
पूरा पढ्नुहोस्
नवलपुर–२ मा रास्वपाका मनिष खनाल निर्वाचित
नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ । केहीबेर अगाडि सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार २६ वर्षीय उम्मेदवार खनाल ४१ हजार ३४७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तिलक महतलाई २५ हजार ५९२ मतान्तरसहित पछाडि पार्नुभयो । महतले १५ हजार […]
पूरा पढ्नुहोस्
नवलपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सुरु
नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रका ११४ वटा मतदानस्थलमा रहेका ३११ वटै मतदान केन्द्रबाट मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरकाअनुसार सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै शान्तिपूर्णरुपमा मतदान सुरु भएको हो । मतदानका लागि बिहानैदेखि मतदाताहरु लामबद्ध भएर मतदानस्थलमा बसेका छन् । आज भइरहेको मतदानलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि सबै जना […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीदेखि कलाकारसम्म कसले कहाँबाट मतदान गर्दैछन् !
नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्र, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्दैछन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्र, निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुनसम्शेर […]
पूरा पढ्नुहोस्
नवलपुरमा तारजालीभित्र मतगणना गरिँदै
नवलपुर । नवलपुरको दुवै निर्वाचन क्षेत्रको मतगणना कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसमा गरिने भएको छ । मतगणनाका लागि क्याम्पसका चार वटा कोठामा मतगणनास्थल तयार पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । ‘मतगणनालाई सुरक्षित बनाउनका लागि तारजालीको घेरा र सिसी टिभी क्यामेराको निगरानी हुनेछ’ उनले भने, ‘चार वटै कोठामा तारजाली लगाउने काम […]
पूरा पढ्नुहोस्
राष्ट्रपतिबाट राष्ट्रका नाममा सम्बोधनः निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता […]
पूरा पढ्नुहोस्
शाइनिङ स्कुलले बनायो जिल्लाकै पहिलो फुटसल मैदान (भिडियो)
नवलपुर । नवलपुरको गैँडाकोटस्थित शाइनिङ इङ्गलिस माध्यमिक विद्यालयले जिल्लामै पहिलोपटक विद्यालयमा फुटसल मैदान निर्माण गरेको छ । नवलपुरको कुनै पनि विद्यालयमा फुटसल मैदान नभएको अवस्थामा शाइनिङले रु ६५ लाख खर्च गरेर फुटसल मैदान बनाएका पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक डा लक्ष्मीप्रसाद दवाडीले विद्यार्थीहरुलाई पढाइसँगै खेलकुदमा पनि सहभागी बनाउनुपर्छ भनेर फुटसल मैदान निर्माण […]
पूरा पढ्नुहोस्
चितवनमा निर्वाचनको तयारी पूरा, मत खसाल्नमात्रै बाँकी
चितवन । चितवनमा निर्वाचनको सम्पूर्ण तयारी भएको जनाइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा जिल्लाका पत्रकारसँग आयोजित ‘निर्वाचन र आमसञ्चार विषयक’ अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय चितवनले सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जिल्लाका सात वटा पालिकाका ९८ वटै वडामा सम्पर्क व्यक्ति तोकेर […]
पूरा पढ्नुहोस्



