२३ फाल्गुन २०८२, शनिबार १६:४५
नवलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार मनिष खनाल निर्वाचित हुनुभएको छ ।
केहीबेर अगाडि सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार २६ वर्षीय उम्मेदवार खनाल ४१ हजार ३४७ मत सहित निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार तिलक महतलाई २५ हजार ५९२ मतान्तरसहित पछाडि पार्नुभयो । महतले १५ हजार ७५५ मत प्राप्त गर्दा नेपाली काँग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गर्नुभयो ।
नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ३१ हजार ४४५ मतदाता रहेका थिए । बिहीबार भएको मतदानमा ७९ हजार ६९२ मत खसेकोमा तीन हजार ४६२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी युवराज पन्थीले जानकारी दिनुभयो ।





प्रतिकृया दिनुहोस्