काठमाडौँ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र यसका सह–संस्थाहरूले पूर्वप्रशासिका दादी प्रकाशमणिजीको १६औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा विशेष रक्तदान अभियान सञ्चालन गरेको छ ।
अभियानमार्फत भदौ ६ देखि ९ गतेसम्म विभिन्न शहरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ११ हजार ९१६ पिन्ट रक्त संकलन भएको केन्द्रले जानकारी दिएको छ । यस अभियानमा नेपालका १५ भन्दा बढी शहरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।
काठमाडौं उपत्यकामा मात्रै चार हजार ४४६ पिन्ट रक्त संकलन गरिएको छ भने विराटनगरमा दुई हजार ८३०, नारायणघाटमा ९७०, पोखरामा ५६४, नेपालगञ्जमा ५६२, बुटवलमा ५५३, वीरगञ्जमा ५४२ लगायत अन्य क्षेत्रमा पनि उल्लेख्य मात्रामा रक्त संकलन भएको केन्द्रले विवरण सार्वजनिक गरिएको छ ।
रक्तदान कार्यक्रमलाई राष्ट्रिय ट्रान्सफ्युजन सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीय रक्त संकलन संस्थासँग सहकार्य गरी सम्पन्न गरिएको थियो । यसमार्फत संकलित रक्तले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा उपचाररत विरामीलाई जीवनदान दिने संस्थाका उपाध्यक्ष ब्रह्माकुमार रामसिंह ऐरीले बताउनुभयो ।
संस्थाका अनुसार, यो अभियानले समाजमा ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई थप व्यापक बनाउन सहयोग पु¥याएको छ ।





प्रतिकृया दिनुहोस्