१० भाद्र २०८२, मङ्गलबार ०९:२३
नवलपुर । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा नवलपुरका विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् । पालिकाहरुको नगर कार्यपालिकाको बैठकले आज स्थानीय बिदा दिने गरेका हुन् ।
हरितालिका तीजको अवसरमा मध्यविन्दु, कावासोती र गैँडाकोट नगरपालिकाले स्थानीय बिदा दिएका छन् । आज परेको हरितालिका तीजको अवसरमा आफ्नो पालिकाभित्र रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।





प्रतिकृया दिनुहोस्