१२ भाद्र २०८२, बिहीबार १७:५१
चितवन । गैँडाको आक्रमणबाट चितवनकाे भरतपुर-२८ अन्द्रौलीमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आज गैँडाको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरकाअनुसार भरतपुर महानगरपालिका–२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा गैँडाले आक्रमण गर्दा सुनारको मृत्यु भएको हो ।





प्रतिकृया दिनुहोस्