नवलपुर । विगत लामो समयदेखि विद्यार्थी भिषामा जापान पठाउँदै आएको एम्स एब्रोड एजुकेशनले विद्यार्थी लक्षित चाडपर्व अफर सार्वजनिक गरेको छ । नवलपुरको गैँडाकोट–५ कालिगण्डकी चोकमा रहेको एम्सले यही भदौ र असोज महिनामा भर्ना हुने विद्यार्थीको लागि प्रति महिना दुई हजार रुपैयाँ शुल्कमा जापानिज भाषा पढाउने जनाएको छ ।
आज बिहान आयोजित पत्रकार सम्मेलनमा एम्सका सञ्चालक कृष्ण कँडेलले प्रति महिना पाँच हजार रुपैयाँ शुल्कमा अध्यापन गराउँदै आइएको जापानिज भाषा अब असोजसम्म भर्ना हुने विद्यार्थीलाई दुई हजार रुपैयाँका दरले पढाइने बताउनुभयो । “हामीले एन फाइभ र एन फो लेभलको भाषा पढाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “दुवै भाषा पाँच–पाँच महिनाको कोर्ष भए पनि अहिले भर्ना हुने सम्पूर्ण विद्यार्थीलाई प्रति महिना दुई हजारका दरमा पढाउँछौँ ।” एम्सले विद्यार्थी भिषामा जापान तथा युरोपका देशहरुमा विद्यार्थी पठाउँदै आएको छ ।
सहुलियत दरमा जापानिज भाषा अध्ययन गर्न भर्ना भएर मौकाको फाइदा लिन आग्रह गर्दै कँडेलले जापानका धेरै शैक्षिक संस्थाहरुसँग आफूहरुको राम्रो सम्बन्ध भएको बताउनुभयो । निर्धक्क भएर विद्यार्थीहरुलाई विश्वास गरी भर्ना भई पढ्न आग्रह गर्दै उहाँले आफूहरु गुणस्तरीय सेवा दिन प्रतिबद्ध भएको बताउनुभयो । जापानको कलेजसँगको सहकार्यमा धेरै विद्यार्थीहरु जापान पठाउन सफल भएको कँडेलको भनाइ छ ।

आज आयोजित पत्रकार सम्मेलनमा जापानको साकोरा इन्टरनेशन ग्रुपका प्रमुख कुरुषीले एम्ससँग सहकार्य गरी विद्यार्थीहरुलाई जापान लैजान पाउँदा खुसी लागेको बताउनुभयो । “हामीले एम्सलाई सक्दो सहयोग गर्नेछौँ” उहाँले भन्नुभयो, “हामीले एम्सबाट समेत सहयोगको अपेक्षा गरेका छौँ ।”
उक्त कार्यक्रममा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले एम्ससँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो । एम्स र सेन्ट्रल कलेज मिलेर जापानसहित धेरै देशमा विद्यार्थीहरु पठाएको उल्लेख गर्दै पौडेलले जापानका एक सय भन्दा बढी कलेजसँग सहकार्य गरी विद्यार्थी पठाउँदै आएको उल्लेख गर्नुभयो । हजारौँ विद्यार्थीहरुलाई विद्यार्थी भिषामा वैदेशिक अध्ययनमा पठाएको भन्दै पौडेलले एम्सबाट प्रोसेसिङ गरेका धेरै विद्यार्थीहरुको भिषा लागेकाले निर्धक्क भई भाषा पढ्न र प्रोसेसिङ गर्न उहाँले आग्रह गर्नुभयो ।






प्रतिकृया दिनुहोस्