२६ भाद्र २०८२, बिहीबार १०:०९
चितवन । त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन कात्तिक ११ गतेबाट सुरु गर्ने भएको छ । त्रिविले कात्तिक ९ गतेसम्म पठनपाठन बन्द गरेको छ ।
मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै कात्तिक ९ गतेसम्मका लागि सम्पूर्ण पठनपाठन स्थगित गरिएको आज त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गरेर जनाएको हो ।
रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले निकालेको सूचनामा हिउँदे बिदाबाट कटौती गर्नेगरि कात्तिक ९ गतेसम्मका बिदाहरू मिलाइएको जनाइएको छ ।





प्रतिकृया दिनुहोस्