२८ भाद्र २०८२, शनिबार ०९:४५
काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले भोलि आइतबार मात्रै पदभार ग्रहण गर्ने हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो ।
शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा जानुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेन-जी आन्दोलनकारीले क्षति पुर्याएको कारण कार्की सरकारी निवास नगएर आफ्नै निजी निवासमा बस्नुभएको हो ।
सम्भव त सरकारी निवासको व्यवस्थापन नहुदाँसम्म उहाँ आफ्नै निजी निवासमा बस्ने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।





प्रतिकृया दिनुहोस्