काठमाडौं । देशभर मनसुनको सक्रियता बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको तथा अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । यसै बीच बागमती र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले सूचना दिएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले यस्तो वर्षाका कारण विभिन्न ठाउँमा पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ । त्यसैले महाशाखाले सबैलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ ।





प्रतिकृया दिनुहोस्