७ आश्विन २०८२, मङ्गलबार १५:५३
धादिङ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका- १० जवाङखोलामा सुख्खा पहिरोले अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुईतर्फी संचालनमा आएको छ ।
सडक माथिबाट ठूलो सुख्खा पहिरो खसेपछि सोमबार राती १० बजेदेखि अवरुद्द राजमार्ग करिब १७ घण्टामा पहिरो पन्छाएर खुलाइएको हो।
तत्कालका लागि पहिरो पन्छाएपनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउदै जाने पहिरो थपिदै गर्ने क्रम चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
हिजो रातीदेखि पहिरोका कारण रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ गुड्न थालेका छन् । यस क्षेत्रमा सवारीको चाप अत्याधिक भएकोले जामको समस्या पनि छ ।





प्रतिकृया दिनुहोस्