चितवन । नवलपुर तथा चितवनमा पछिल्लो वर्षहरुमा छठ पर्व धुमधामका साथ मनाउन थालिएको छ । बर्सेनि छठ पर्व मनाउने श्रद्धालुको सङ्ख्या नारायणी नदी किनारमा बढ्दै गएको देखिन्छ ।
छठ पर्वको मुख्य दिन आज नारायणी नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तालुहरुको ठूलै भीड लागेको थियो । नारायणी नदी किनार, त्रिवेणीधामसँगै जिल्लाका विभिन्न खोला तथा पोखरीमा छठ मनाउने श्रद्धालुहरुको भिड लागेको छ । तराईवासीको पर्वको रूपमा रहेको छठ पर्व पछिल्लो समय पहाडी समुदायले समेत मनाउन थालेपछि नदी किनारमा बर्सेनि भीड बढ्दै गएको छ ।
छठ पर्वको मुख्य दिन आज दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गरेका थिए भने साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएका थिए । छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कीतन गर्ने गर्दछन् । आज साँझमा अघ्र्य चढाउने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो पर्व समापन हुने गर्दछन् ।
छठ पर्वका लागि नारायणी नदी किनार शृङ्गारिएको छ । नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ । छठ पूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा विसंं २०२२ सालदेखि छठ पूजा हुँदै आएको तराई सेवा समितिले जनाएको छ ।





प्रतिकृया दिनुहोस्