नवलपुर । ‘जेन–जी’ प्रदर्शनको क्रममा गत भदौ २४ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा प्रहरी चौकी जलाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ गते जिल्लाको हुप्सेकोट–१ बेलुवास्थित प्रहरी चौकी हुप्सेकोटभित्र प्रवेश गरी कार्यालय भवन तथा सवारीसाधनहरु तोडफोड, आगजनी गरी क्षति गराएको घटनामा संलग्न रहेका सात जनालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मोहनकुमार खड्काले घटनामा संलग्न सात जनालाई पक्राउ गरी नवलपुर जिल्ला अदालतबाट आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा अनुसन्धान अगाडि बढाउन चार दिनको म्याद थप अनुमति लिएको बताउनुभयो ।
घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भन्दै खड्काले अनुसन्धानको दायरा फराकिलो बनाउँदै लगिएको बताउनुभयो । आन्दोलनका नाममा २४ भदौमा जिल्लास्थित विभिन्न सरकारी तथा निजी संरचना र सवारीसाधनमा तोडफोड एवम् आगजनी गरिएको थियो ।





प्रतिकृया दिनुहोस्