७ मंसिर २०८२, आइतबार १४:२०
चितवन । अवेक नेपालको प्रोजेक्ट पवित्र अन्तर्गत काठमाडौँको कोटेश्वरस्थित कोटेश्वर महादेव स्थान वरपर सरसफाइ गरिएको छ ।
प्रोजेक्ट अन्तर्गत आज २५ जना भन्दा बढी स्वयंसेवीहरु सहभागी भई कोटेश्वर महादेव स्थान वरपरबाट १५ बोरा फोहोर संकलन गरेको संस्थाका सहसंस्थापक सुजल ऐरले जानकारी दिनुभयो । संस्थाले प्रोजेक्ट पवित्र अन्तर्गत चितवनको भरतपुरमा पनि तीन वटा सफाइ अभियान सफलतापूर्वक सञ्चलन गरिसकेको ऐरले बताउनुभयो ।
यस परियोजना दीर्घकालीन वातावरणीय अभियानका रूपमा लगातार अगाडि बढिरहेको ऐरको भनाइ छ । यस अभियानलाई देशभर विस्तार गर्ने तयारीका साथ काम भइरहेको ऐरले बताउनुभयो ।
देशका मुख्य धार्मिक, संस्कृतिक तथा ऐतिहासिक स्थानसहित नदी, पोखरी एवम् सार्वजनिक स्थलहरू सफा, सुरक्षित र व्यवस्थित बनाउन अवेक नेपाल निरन्तर प्रतिबद्ध रहँदै आएको ऐरको भनाइ छ ।





प्रतिकृया दिनुहोस्