चितवन । चितवन उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा २५ पदका लागि ४१ जनाको उम्मेदवारी परेको छ । आगामी पुस १९ र २१ गते हुने अधिवेशनका लागि भएको मनोनयनमा हालका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र यसअघि अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओली र लोबहादुर रानाभाटको उम्मेदवारी परेको छ । उद्योग तर्फको उपाध्यक्षमा अशोक अधिकारी र जनक पौडेल, वाणिज्य तर्फको उपाध्यक्षमा गुणराज पौडेल र नारायण प्रधानको उम्मेदवारी परेको छ । वस्तुगत तर्फको उपाध्यक्षमा भने तीन जनाले मनोनयन दर्ता गराएका छन् । जसमा राजन पिया, लिलबहादुर क्षेत्री र शंकर अधिकारी रहेका छन् ।
कार्यसमिति सदस्यको महिलातर्फ बिन्जु राजकर्णिकार श्रेष्ठ र सुनिता लिगल कर्माचार्य बीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै कर्पोरेट र क्षेत्रीय संघ तर्फका तीन जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् । कर्पोरेटतर्फ अशोक लामिछाने र अमित कौडाल, क्षेत्रीय संघबाट रेशम आचार्य (तुलसी)को मात्र नाम दर्ता भएको थियो ।
उद्योगतर्फको कार्यसमिति सदस्यमा आठ जनाको उम्मदवद्वारी परेको छ । जसमा अनिल अधिकारी, अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, कृष्णकुमार महतो, शंकर अधिकारी, सन्तोष देवकोटा र हेमराज सिग्देल(हरि) रहेका छन् । उता वाणिज्यतर्फको कार्यसमिति सदस्यमा अस्मिता तिमल्सिना, गौरव श्रेष्ठ, विष्णु लम्साल, दीपक काफ्ले, नरेश खनाल, नवराज कँडेल, प्रविन आचार्य, मुकुन्द प्रसाद गौतम, राजेन्द्र चापागाई र श्रीकृष्ण लम्सालको उम्मेदवारी परेको छ ।
वस्तुगत तर्फको कार्यसमिति सदस्यमा आरती गोपाल मूर्ती साह, कमल प्रसाद उपाध्याय, नवराज सुवेदी, निर्मल पौडेल, बुद्धिसागर कँडेल, लोकनाथ भट्ट(कृष्ण) र सुरेश गुप्ता चयन भएका छन् । संघको अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ । जसअन्तर्गत पाँच जना पदाधिकारीसहित उद्योग र वाणिज्यतर्फ ६–६ जना सदस्य, वस्तुगततर्फ चार जना सदस्य, महिला सदस्य एक जना, एसोसिएटतर्फ दुई जना सदस्य तथा तथा क्षेत्रीय सदस्य एक जना निर्वाचित हुनेछन् । साथै तीन जना सदस्य र चार जना विशिष्ट सदस्य मनोतित हुनेछन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठकाअनुसार संघको ५९औँ अविधेशनको उद्घाटन पुस १९ गते हुनेछ भने नयाँ नेतृत्वको लागि निर्वाचन २१ गते हुनेछ । निर्वाचित कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ । चितवन उद्योग वाणिज्य संघमा हाल तीन हजार सात सय जना सदस्य रहेका कार्यकारी निर्देशक निल केसीले जानकारी दिनुभयो ।
केसीका अनुसार संघमा तीन हजार चार सय सदस्यले सदस्यता नवीकरण गरेको भए पनि निर्वाचनमा तीन हजार तीन सय ७१ जना मतदाता मात्रै सहभागी हुन पाउनेछन् । संघको विधानअनुसार सदस्यता लिएको ६ महिनापछि मात्रै मतदानमा भाग लिने पाउने व्यवस्था रहेको छ ।





प्रतिकृया दिनुहोस्