१५ पुष २०८२, मङ्गलबार २०:४३
नवलपुर । विगत चार दिनदेखि बढेको जाडोका कारण नवलपुरका विभिन्न पालिकाले विद्यालयमा जाडो विदा दिएका छन् ।
पालिकाहरुले आज विज्ञप्ती जारी गर्दै पुस १६ गते बुधबार एक दिनका लागि विद्यालयमा जाडो विदा दिइएको जनाएका छन् । गैँडाकोट र कावासोती नगरपालिकाले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तीमा मन्टेश्वरी कक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने सम्पूर्ण विद्यालयमा एक दिन जाडो बिदा दिइएको जनाएका छन् । पालिकाका सबै वडाका विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरिएको छ ।





प्रतिकृया दिनुहोस्