नवलपुर । गैँडाकोट महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत आज सोमबार चर्चित कलाकारहरु हिमाल सागर, शिव हमाल, श्यामकला भण्डारी तथा दीपक खड्काले प्रस्तुती राखेका छन् ।
महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार उनीहरुले सोमबार दर्शकलाई सांस्कृतिक प्रस्तुती दिएर भरपुर महोत्सव दिएका थिए । त्यस्तै शिव हमाल र श्यामकला भण्डारीले प्रत्यक्ष दोहोरी गायर समेत दर्शकलाई मनोरञ्जन दिएका लम्सालको भनाइ छ ।

महोत्सवमा स्थानीय कला र संस्कृति प्रवर्द्धन गर्न सोमबार समेत भजन प्रतियोगिता जारी रहेको । विभिन्न भजन समूहले प्रस्तुती राखेका भन्दै लम्सालले भजन प्रतियोगिताम जम्मा १८ टिम सहभागी रहेका जानकारी दिए । भजन प्रतियोगितामा पहिलो हुने टिमलाई महोत्सव समापनका दिन पुरस्कार प्रदान गरिने लम्सालले जानकारी दिए ।

यसैबीच, मंगलबार महोत्सवमा चर्चित गायक अर्जुन सापकोटासहितका कलाकारको प्रस्तुती रहने लम्सालले जानकारी दिए । लम्सालकाअनुसार मंगलबार सापकोटासहित सपना रोक्का, भरत क्षेत्रीसहितका कलाकारको प्रस्तुती रहने छ । सांस्कृतिक कार्यक्रमको सञ्चालन दीपक खड्काले गर्ने लम्सालले बताए ।





प्रतिकृया दिनुहोस्