चितवन । आगामी माघ २ देखि ४ गतेसम्म चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आठौँ अन्तर्राष्ट्रिय कृषि उपकरण प्रदर्शनी (एग्रीटेक) हुने भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा नवीन प्रविधिको प्रवद्र्धन ग र्ने उद्देश्यले मिडिया स्पेस सोलुसन र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले एग्रीटेकको आयोजना गरेक हुन् ।
एग्रीटेकको जानकारी दिने उद्देश्यले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनी नवीन प्रविधिमा केन्द्रित हुने जानकारी दिइएको छ । प्रदर्शनीमा २५ वटा विदेशी कम्पनी तथा ७० वटा स्वदेशी कम्पनीले उत्पादन गरेका प्रविधिहरु राखिने मिडिया स्पेस सोलुसन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईले बताए । भट्टराईकाअनुसार प्रदर्शनीमा देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, कृषि सहकारी, सरोकारवाला निकाय तथा व्यवसायिक प्रतिष्ठानको उल्लेखनीय चासो र आकर्षण देखिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपालसहित भारत, चीनलगायतका देशको कृषि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने उनले बताए ।
प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाईभैँसीपालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, कृषि यन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ विजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भट्टराईको भनाइ छ । प्रदर्शनका अवसरमा साना कृषि औजारदेखि डेरी तथा पशुपंक्षी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीहरुको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा समेत उपलब्ध गराइने बताइएको छ । प्रदर्शनी कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रुपमा रहने विश्वास गरिएको भट्टराईले बताए ।
यस कृषि उपकरण प्रदर्शनीले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पु¥याउने उनको भनाइ छ । बर्सेनि नयाँ नयाँ प्रविधि र परिवर्तन हुने गरेको भन्दै भट्टराईले नेपाल बाहिर प्रयोग भएर प्रमाणित उपकरण ल्याइने बताए । गुणस्तरीय र सस्तो औजार तथा उपकरण तथा थोरै लागतमा बढी उत्पादन दिन सक्ने उपकरण प्रदर्शनीमा रहने उनको भनाइ छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा देशभरबाट प्रविधि बुझ्का लागि कृषि सहकारीबाट कृषकहरुको सहभागिता रहने जनाइएको छ ।
पत्रकार सम्मेलनमा चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा विभिन्न कार्यक्रमहरु हुँदै आएको भन्दै हालसम्म ३९ वटा प्रदर्शनी भएको जानकारी दिए । उनले केही कार्यक्रम संघले र केही कार्यक्रम अन्य संघसंस्थासँगको सहकार्यमा गरिएको बताए ।





प्रतिकृया दिनुहोस्