३० पुष २०८२, बुधबार २१:१९
भरतपुर । भरतपुर–१३ का राप्ती तटीय क्षेत्र सरसफाइ अभियान्ता अपिल घिमिरे भरतपुर महानगरपालिकाको वातावरण विज्ञका रुपमा नियुक्त हुनुभएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घिमिरेलाई आज बुधबार वातावरण विज्ञका रुपमा नियुक्त गर्नुभएको हो । घिमिरेले महानगरपालिकामा वातावरण संरक्षण र सरसफाइको क्षेत्रमा अमूल्य योगदान दिनुभएको भन्दै घिमिरेलाई नियुक्त गरिएको दाहालले बताउनुभयो ।
नगरप्रमुख दाहालले घिमिरेबाट आगामी दिनमा सरसफाइ र संरक्षण क्षेत्रमा पनि अमूल्य साथ र सहयोगको अपेक्षा गर्नुभएको छ । घिमिरेले केही वर्षदेखि समुदायलाई परिचालन गरेर राप्ती नदीको सरसफाइ अभियानमा लाग्नुभएको छ ।





प्रतिकृया दिनुहोस्