चितवन । पुस ३० गतेदेखि सुरु भएको नारायणी एक्सपो २०८२ अन्तरगत आज बुधबार चर्चित लोकप्रिय भोजपुरी गायक सुनील पण्डितले प्रस्तुती रहने भएको छ । माघ ७ गते अर्थात बुधबार उनले नारायणी किनार तताउने छन् ।
पण्डितसँगै लोक दोहोरी क्षेत्रकी कलाकार रेजिना बिसीको पनि प्रस्तुति रहने आयोजक रेड रक ईभेन्टका अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए । एक्सपोमा दैनिक रुपमा अवलोकनकर्ताको संख्यामा वृद्धि हुँदै गएको छ ।
एक्सपोमा अमेरिकामा रहेको स्ट्याचु अफ लिभर्टीको राखिएको छ । लिभर्टीमा फोटो खिच्नेको आर्कषण बढेर गएको छ । एक्सपोमा भोलिबाट दर्शकको संख्यामा भारी वृद्धि भएर जाने आयोजकले अपेक्षा लिएको छ । चितवनमा सञ्चालन भएको अन्य महोत्सव सकिएकाले नारायणी किनारमा भिड बढ्ने अपेक्षा आयोजकले लिएको छ ।
साथै नारायणी एक्सपोमा भोलि चर्चित गायक यश कुमारको प्रस्तुति रहने छ ।
भने राष्ट्रिय एवम् स्थानीय कलाकार तथा जादुगरको प्रस्तुति रहने छ ।





प्रतिकृया दिनुहोस्