२० फाल्गुन २०८२, बुधबार १९:३९
नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्र, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्र, निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा र आयुक्त सगुनसम्शेर जबराले टोखा नगरपालिका–४ फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्र, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– २ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्र, नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मयुर कुण्ड पूर्व मतदान केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्र, सोही पार्टीका वरिष्ठ झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्र,
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्र, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्क मतदान केन्द्र, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्दैछन् ।
शताब्दी पुरुष एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य गौरीशङ्करलाल दासले काठमाडौँ महानगरपालिका–७ सिफलचौर मतदान केन्द्र, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले ललितपुरको ललितपुर महानगरपालिका–२ सानेपास्थित राजघाट मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौँ महानगरपालिका विशालनगरस्थित विशाल मिलन केन्द्र मतदान केन्द्र, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कुलेश्वरस्थित कृषि सामग्री संस्थान मतदान केन्द्र र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले काठमाडौँको पद्मकन्या मावि डिल्लीबजार मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालय, यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका–६ महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्र, यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका–१८ कार्मेल विद्यालय बुद्धचोक मतदान केन्द्र, कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय पकनाजोल, नेता डा शेखर कोइरालाले मोरङको विराटनगर–७ आदर्श माध्यमिक विद्यालय मतदान केन्द्र, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि ‘क’ मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
एमालेका महासचिव शङ्कर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८ विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्र, एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावि मतदान केन्द्र, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले झापाको मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्र, नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावि मतदान केन्द्र, नेता कृष्णप्रसाद सिटौलाले झापाको भद्रपुर नगरपालिका–१० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्र र एमाले वरिष्ठ नेता ईश्वर पोखरेलले टोखा नगरपालिका–६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगरपालिका–५ भण्डारा अस्पताल मतदान केन्द्र, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र, नेकपाका नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्र र नेता शक्तिबहादुर बस्नेतले जाजरकोटको भेरी नगरपालिका–१ स्थित बागेश्वर आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
अभिनेता राजेश हमालले लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्र, अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौँ महानगरपालिका–३ को वडा कार्यालयमा रहेको केन्द्र र अभिनेता भुवन केसीले काठमाडौँ क्षेत्र नं २ स्थित गुह्येश्वरी मावि केन्द्रबाट मतदान गर्दैछन् ।





प्रतिकृया दिनुहोस्