चितवन । चितवनको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा फराकिलो मतान्तरसहित नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहाल पराजित भएकी छिन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम फराकिलो मतसहित पराजित गरेकी हुन् ।
गौतमले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६६२ मतले पछाडि पर्दै जिते निकालेकी हुन् । गौतमले ५९ हजार २७७ मत ल्याएर निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत मात्रै प्राप्त गरिन् ।
त्यसैगरी यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले आठ हजार ३४४ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शंकरराज थपलियाले पाँच हजार चार मत प्राप्त गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत फागुन २१ गते भएको निर्वाचनमा यस क्षेत्रमा एक लाख ५३ हजार मत खसेको थियो ।





प्रतिकृया दिनुहोस्