२४ फाल्गुन २०८२, आइतबार ०७:०१
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र कुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।
नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार रास्वपाका गुप्ता ४४ हजार १३८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका उम्मेदवार भीम बहादुर थापा क्षेत्रलाई २८ हजार १९३ मतान्तरले पराजित गर्नुभएको हो ।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गर्नुभयो । यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले सात हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मत प्राप्त गर्नुभयो ।





प्रतिकृया दिनुहोस्